मणिपुरको उखरुलमा सशस्त्र हमला, एकजनाको मृत्यु
मणिपुर


उखरुल (मणिपुर), 10 अक्टोबर (हि.स.)। मणिपुरको उखरुल जिल्लामा महादेव-तोलोई सड़कमा शनिवार बिहान भएको कथित सशस्त्र हमलामा एकजनाको मृत्यु खबर प्राप्त भएको छ। तथापि यो समाचार लेखुञ्जेलसम्म मृतकको शव भेटिएको थिएन। मृतकको पहिचान सन्दीप राईको रूपमा भएको छ।

सूत्र अनुसार शनिवार बिहान लगभग 6 बजे उनी रातो रङ्गको मारुति अल्टो कारमा आफ्नो खेत तर्फ गइरहेका थिए। यसै अवधि कथित रूपमा सशस्त्र आक्रमणकारीहरूले कथित रूपमा उनीमाथि आक्रमण गरे। उनले खेती गर्नका लागि चेपू याओलेन क्षेत्रमा जग्गा भाड़ामा लिएका थिए।

घटना कुन परिस्थितिमा भयो र आक्रमणमा उनलाई कस्तो चोट लागेको छ, यसको विस्तृत जानकारी तत्काल उपलब्ध हुन सकेको छैन। यो समाचार लेखुञ्जेलसम्म उनको शव पनि भेटिएको थिएन। आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान र घटनाको कारण अझै थाहा हुन सकेको छैन। घटनाको बारेमा थप विवरणको प्रतिक्षा छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande