
नयाँ दिल्ली, 10 अक्टोबर (हि.स.)। आम आदमी पार्टी (आआप)- का राष्ट्रिय संयोजक अरविन्द केजरीवालले देशको वर्तमान अवस्थालाई आपतकालभन्दा खराब बताउँदै केन्द्र सरकारलाई लक्षि गरेका छन्। साथै उनले सरकारसित मुख्य चुनाउ आयुक्त ज्ञानेश कुमारलाई हटाउने माग गरेका छन्।
केजरीवालले शनिवार एक्स पोस्टमा आरोप लगाए, देशमा तानाशाही जस्तो अवस्था छ। विमानबाट निस्किँदा-निस्किँदै ककरोच जनता पार्टीका नेताहरूलाई पक्राउ गर्नाले भयको अभूतपूर्व स्तरलाई दर्शाउँछ। उनले भने, केन्द्र सरकारलाई थाहा छ कि उनीहरूले चुनाउमा भोट चोरी गरेर जितेका हुन् र अब उनीहरू अहिले कथित चुनावी धाँधलीलाई बचाउनको लागि लोकतन्त्रलाई पूर्ण रूपमा कुल्चिनमा लागिपरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा