
अलिपुरद्वार, 10 अक्टोबर (हि.स.)। दुर्गा पूजामा परिवारसँग खुशी मनाउने बोकेर घर फर्किरहेका प्रवासी श्रमिकको केरलामा पीड़ादायी मृत्यु भएको छ। मृतकको पहिचान स्वपन मुण्डा (30) को रूपमा भएको छ। गए शुक्रवार राति केरलको अलुवा रेलवे स्टेशन नजिकै चलिरहेको ट्रेनबाट झरेर उनको मृत्यु भएको हो।
स्वपन अलिपुरद्वार-1 ब्लकको पूर्व कठलबाड़ी ग्राम पञ्चायतको डाँगापाड़ा गाउँका बासिन्दा थिए। उनले करिब 10 वर्षदेखि केरलमा राजमिस्त्री सहायकको रूपमा काम गर्दै आएका थिए।
उनी दुर्गा पूजामा घर फर्किनका लागि उनी आफ्ना मामा रामाय मुण्डासँग ट्रेन मार्फत प्रस्थान भएका थिए। यसै अवधि उनी अलुवा स्टेशन नजिकै रेलबाट अचानक झरे। तथापि उनी कसरी झरे भन्ने कुरा उनको मामालाई पनि थाहा हुन सकेन।
जानकारी अनुसार स्वपन परिवारको एकमात्र कमाउने सदस्य थिए। उनको परिवारमा वृद्ध विदुई आमा सुखबाला मुण्डा छन्। परिवारको आर्थिक अवस्था निकै कमजोर छ। हरेक वर्ष पूजाको अवसरमा स्वपनले आफ्नी आमाको लागि लुगा किनेर ल्याउँथे अनि घरको खर्च चलाउँथे।
उनको निधनको खबर गाउँमा पुग्दा परिवारमा शोकको लहर फैलिएको छ। आर्थिक अभावका कारण परिवारसित केरलबाट शवलाई गाउँमा ल्याउने पैसा समेत छैन। अहिले शोकाकुल परिवारले स्वपनको पार्थिव शरीरलाई घरमा ल्याउनको लागि प्रशासनिक सहयोगको आशा गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा