आन्दोलनदेखि डरायो मोदी सरकार, भोट चोरीको गल्तीलाई स्वीकार गरियोस्ः  मुख्यमन्त्री सुक्खू
मुख्यमंत्री सुक्खू


शिमला, 10 अक्टोबर (हि.स.)। मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खूले दिल्लीको आन्दोलनलाई लिएर केन्द्रको मोदी सरकारलाई लक्षित गरेका छन्। शनिवार दिल्लीबाट शिमला आइपुगेका सुक्खूले आरोप लगाए, केन्द्र सरकार आन्दोलनदेखि डराएको छ। त्यसैकारण दिल्लीको इन्टरनेटदेखि लिएर रेलवे स्टेशनसम्म सबै बन्द गरिएको छ। उनले भने, आवाजलाई दबाउनाले तथा यस किसिमका प्रतिबन्धहरू लगाउनाले आन्दोलन झन् उग्र हुन्छ।

मुख्यमन्त्रीले भने, केन्द्र सरकारले भोट चोरीको गल्तीलाई स्वीकार गर्दै त्यसमा सुधार ल्याउनुपर्छ। उनले भने, युवाहरूलाई आन्दोलन गर्ने अनुमति दिनुपर्थ्यो। यसको लागि रामलीला मैदान वा अन्य कुनै ठाउँमा अनुमति दिन सकिन्थ्यो।

सुक्खूले भने, हिमाचल प्रदेशमा पनि उनको सरकारविरुद्ध आन्दोलन भइरहन्छ, तर सरकारले सबैलाई प्रदर्शन गर्ने अनुमति दिएको छ। लोकतन्त्रमा जनताले आफ्नो भनाइ राख्ने अवसर पाउनु पर्छ।

मुख्यमन्त्रीले कङ्ग्रेस नेता राहुल गान्धीसँग केन्द्र सरकारले गरेको व्यवहारलाई पनि अशोभनीय बताए। उनले भने, कङ्ग्रेस पार्टीले आगामी सोमवार सर्वोच्च अदालतसम्म पदयात्रा गर्नेछ जसमा उनी आफू पनि सामेल हुनेछन्।

सुक्खूले आरोप लगाए, भाजपाले भोट चोरी गरेर सरकार बनाएको छ। देशका जनताले अब निर्णायक लडाइँ लड्नेछ। मुख्यमन्त्रीले केन्द्र सरकारलाई भोट चोरीकोआरोपलाई स्वीकार्न र सुधार ल्याउने आफ्नो मागलाई दोहोऱ्याए।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande