
बाराबँकी, 10 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको बाराबँकी जिल्लाको सफदरगञ्ज थाना क्षेत्रमा गए शुक्रवार अबेर राती एउटा पीड़ादायी दुर्घटना भयो। गुड़िरहेको टाटा टियागो कारमा अचानक आगो लाग्यो। आगो अत्यन्त द्रूत गतिमा फैलिएको कारणले वाहनले बाहिर निस्किने मौका समेत पाएन जसले गर्दा उसको जिउँदै जलेर मृत्यु भयो। हेर्दा-हेर्दै आगोले सम्पूर्ण कारलाई आफ्नो चपेटमा लियो। कार पूर्ण रूपमा जलेर खरानीमा परिणत भयो।
जानकारी अनुसार बाराबँकीको प्यारेपुरका बासिन्दा प्रदीप कुमार लखनऊ विमानस्थलबाट यात्रुहरूलाई बाराबँकीमा छोड़ेर फर्किरहेका थिए। यसै क्रममा शुक्रवार अबेर राती 1ः30 बजे सफदरगञ्ज थाना क्षेत्रमा आइपुगेपछि उसको वाहनमा आगो लाग्यो। राती अँध्यारो भएको कारणले घटनाको बारेमा तत्काल कसैलाई थाहा हुन सकेन। शनिवार बिहान 6 बजेतिर बटुवाहरूको नजर जलेको कारमा परेपछि घटनाको परिदृश्य खुलासा भयो।
घटनास्थलमा पुगेका मानिसहरूले कार पूर्ण रूपमा जलेको र ड्राइभरको जलेको हड्डी सिटमा परेको देखे। त्यसपछि प्रहरी र दमकल विभागलाई सूचित गरियो। सूचना पाएपछि प्रहरी र फायर ब्रिगेड घटनास्थलमा पुगे।
पुलिसले कारको पञ्जीकृत नम्बरको आधारमा मृतकको पहिचान प्रदीप कुमारको रूपमा गरेको छ। प्रदीपले करिब चार महिनाअघि मात्र सीएनजी कार किनेको बताइएको छ। तर आगलागीको वास्तविक कारण अझै थाहा हुन सकेको छैन।
घटनास्थलमा पुगेको फरेन्सिक टोलीले जाँचको लागि कारमा रहेको जलेका हड्डी र खरानी सङ्कलन गरेको छ। टोलीले प्रमाणको जाँच गरेर दुर्घटनाको परिस्थिति पत्तो लगाउने प्रयास गरिरहेको छ। उक्त घटनाले क्षेत्रमा खैलाबैला मच्चाएको छ। थाना प्रभारी सफदरगञ्ज अजय प्रकाश त्रिपाठीले बताए, आगलागीको कारण पत्तो लगाउनको अनुसन्धान भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा