महालयमा पितृ तर्पणको लागि कोलकाता-हावडाको गङ्गा घाटमा उर्लियो भीड़
महालया पर तर्पण


कोलकाता, १० अक्टोबर (हि.स.)। महालय (सर्व पितृ औंसी) को अवसरमा पितृ तर्पणका लागि शनिवार बिहान राजधानी कोलकाता एवं हावडाका विभिन्न गङ्गा घाटहरूमा व्यापक भीड़ उर्लियो। हुगली नदीका किनारमा तथा विभिन्न पोखरीहरूको किनारमा मानिसहरूले आफ्ना पूर्खाहरूको आत्मा शान्तिको लागि विधि-विधानपूर्वक तर्पण गरे। हावड़ा र कोलकाताका लगभग चार दर्जन घाटहरूमा ठूलो भीड़ उर्लियो।

हिन्दू मान्यताअनुसार महालयसँगै श्राद्ध पक्ष समापन हुन्छ र देवी पक्षको शुरुवात अर्थात् माँ दुर्गाको आगमनले आनन्दमय वातावरण सिर्जना हुन्छ। यस पावन अवसरमा बिहानै गङ्गा स्नान र तर्पणका लागि टाढा-टाढाबाट मानिसहरू आउँछन् र यो प्रक्रिया दिनभरि नै जारी रहन्छ। महालयको दिनदेखि नै बङ्गालमा दश दिवसीय दुर्गा पूजाको भव्य उत्सव पनि शुरु हुन्छ जसबाट राज्यभरि नै उत्सवको वातावरण देख्न पाइन्छ। यस दिन राज्यका सरकारी कार्यालयहरूमा पनि छुट्टी हुन्छ।

विशेष गरी, कोलकाताको दुर्गा पूजालाई यूनेस्कोले सांस्कृतिक धरोहरको सूचीमा समावेश गरेदेखि राज्यमा अझ व्यापक रूपमा उत्सवको आयोजना भइरहेको छ। यस वर्ष पश्चिम बङ्गालका नयाँ मुख्यमन्त्री शुभेन्दु अधिकारीले स्पष्ट पारेकाछन्, दुर्गा पूजालाई हिन्दू मान्यता अनुसार पवित्र रूपमा मनाउनुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande