
गान्तोक, 10 अक्टोबर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) ले नयाँ दिल्लीको जन्तर मन्तरमा भारतीय निर्वाचन आयोग (ईसीआई) विरुद्ध प्रस्तावित विरोध प्रदर्शनप्रति आफ्नो समर्थन जनाएको छ। पार्टीले जवाफदेहिता, पारदर्शिता र लोकतान्त्रिक मूल्यहरूको संरक्षणको बढ्दो जनमागप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।
पार्टी प्रवक्ता योजना खालिङ राईले आज प्रेस विज्ञप्तिमा भनेकी छन्, वर्तमानमा देशभर भारतीय निर्वाचन आयोगको कार्यप्रणालीप्रति जनअसन्तुष्टि बढ्दै गएको छ। इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) को दुरुपयोग, मत चोरी तथा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रियाका क्रममा नागरिकहरूले सामना गर्नुपरेका कठिनाइसम्बन्धी आरोपहरूले निर्वाचन प्रक्रियाको निष्पक्षता, पारदर्शिता र विश्वसनीयतामाथि गम्भीर चिन्ता उत्पन्न गरेका छन्।
उनले भनेकी छन्, एसआईआर प्रक्रियासँग सम्बन्धित दबाउ र तनावले पनि चिन्ता बढाएको छ। यसले निर्वाचन अधिकारीहरूमा गम्भीर असर पारेको छ। कथित आत्महत्याका केही घटनाले राष्ट्रिय स्तरमा ध्यान आकर्षित गरेका छन्। यी घटनाक्रमले निर्वाचन प्रणालीमा जवाफदेहिता र सुधारको मागलाई थप तीव्र बनाउँदै सार्वजनिक बहसलाई बढावा दिएको छ।
एसडीएफले भारतीय निर्वाचन आयोगले राजनीतिक प्रभावबाट मुक्त रहेर स्वतन्त्र संवैधानिक निकायका रूपमा काम गर्नुपर्छ र तटस्थता, पारदर्शिता तथा जवाफदेहिताको उच्चतम मापदण्ड कायम राख्नुपर्छ भनी बताएको छ। एसडीएफका अनुसार, आयोगले सत्तारूढ दलको पक्षमा काम गरिरहेको भन्ने कुनै पनि धारणाले लोकतान्त्रिक संस्था र निर्वाचन प्रक्रियाप्रतिको
एसडीएफले यसै कारण ककक्रोच जनता पार्टी (सीजेपी) सहितका जेनजी समूहहरूको नेतृत्वमा भइरहेको जनआन्दोलनलाई समर्थन जनाएको बताएको छ। पार्टीले पारदर्शी, जवाफदेही र विश्वसनीय निर्वाचन प्रणालीको जनमागप्रति ऐक्यबद्धता व्यक्त गरेको छ। एसडीएफले स्वतन्त्र र निष्पक्ष निर्वाचन लोकतन्त्रको आधार रहेको कुरा पुनः दोहोर्याएको छ।
पार्टीले भारतीय निर्वाचन आयोगलाई जनताका चासोहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्न, निर्वाचन निष्पक्ष रूपमा सम्पन्न हुने सुनिश्चित गर्न तथा राष्ट्रको बृहत्तर हितमा प्रत्येक नागरिकको लोकतान्त्रिक अधिकारको संरक्षण गर्न आह्वान गरेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल