
कामरूप (असम), 10 अक्टोबर (हि.स.)। कामरूप ग्रामीण जिल्लाको हाजोमा भएको सड़क दुर्घटनामा दुई जना बाइक सवार मानिसहरूको मृत्यु भयो। पुलिसले शनिवार बतायो, हाजो क्षेत्रमा अज्ञात वाहनको चपेटमा परी दुवै बाइक सवारको घटनास्थलमै मृत्यु भयो। मृतकहरूको पहिचान जयन्त बर्मन र विक्की बोरोका रूपमा भएको छ। जयन्त कामरूपको सिङ्गिमारीका बासिन्दा थिए भने विक्की गोरेश्वरको बासिन्दा रहेको बताइएको छ। घटनास्थलमा पुगेको पुलिसको टीमले दुवै शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। घटनाको सम्बन्धमा पुलिसले दुर्घटनाको एक प्राथमिकी दर्ता गरी अज्ञात वाहन र चालकलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा