पश्चिम बङ्गालमा  बादल लाग्नको साथै  हल्का वर्षा हुने सम्भावना
आज का मौसम


कोलकाता, 10 अक्टोबर (हि.स.)। पश्चिम बङ्गालमा शनिवार मौसम मिश्रित रहने अनुमान गरिएको छ। राज्यका केही भागहरूमा आकाशमा बादल रहनसक्छ भने हल्का वर्षा वा गर्जनसितै वर्षा हुने सम्भावना छ। मौसम विभागको पूर्वानुमान अनुसार उत्तर बङ्गाल र दक्षिण बङ्गालका केही क्षेत्रहरूमा छुटपुट वर्षा हुनसक्छ।

कोलकातामा आज आकाश आंशिक रूपमा बादलले ढाकिरहने अनि कतिपय स्अथानमा हल्धिका वर्षा हुने अनुमान लगाइएको छ। अधिकतम तापमान 32 डिग्री सेल्सियस र न्यूनतम 26 डिग्री सेल्सियस लगभग रहनसक्छ। हावामा नमी अधिक रहनाले आद्रतापूर्ण गर्मी महसूस हुनसक्छ।

उत्तर बङ्गालका दार्जीलिङ, जलपाईगुडी, कुचबिहार, अलिपुरद्वार, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर र मालदा जिल्लामा केही ठाउँहरूमा हल्का वर्षा हुने सम्भावना छ। दक्षिण बङ्गालमा कोलकाता, हावडा, हुगली, उत्तर 24 परगना, दक्षिण 24 परगना, पूर्व मेदिनीपुर, पश्चिम मेदिनीपुर, झारग्राम, बाँकुड़ा, पुरुलिया, पश्चिम बर्धमान, पूर्व बर्धमान, बीरभूम, मुर्शिदाबाद एवं नदिया जिल्लामा पनि स्थानीय स्तरमा मौसममा परिवर्तन देख्न सकिन्छ।

मौसम विभागले 10 अक्टोबरमा उत्तर बङ्गाल र गङ्गाको मैदानी भाग दक्षिण बङ्गालको लागि कुनै विशेष चेतावनी जारी गरेको छैन।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande