
भागलपुर, १० अक्टोबर (हि.स.)। बिहारको भागलपुर जिल्ला स्थित बबरगञ्ज थाना क्षेत्रको गंगटीमा नाली निर्माणका क्रममा पर्खालमा प्वाल पार्ने विषयलाई लिएर दुई पक्षबीच भएको विवादमा धक्का लाग्दा ६० वर्षीया सुशीला देवीको मृत्यु भएको छ। उनी सञ्जीव यादवकी आमा हुन्।
शुक्रवार साँझ भएको विवादका क्रममा सुशीला देवीलाई धक्का लागेपछि उनी पर्खालमा ठोक्किएकी थिइन्। पर्खालमा रहेको इँटाको धारिलो कुनाले टाउकोमा गम्भीर चोट लागेपछि उपचारका क्रममा सदर अस्पतालमा उनको मृत्यु भएको हो।
घटनापछि पुलिसले आरोपी मनकी देवीलाई पक्राउ गरेको छ। मुख्य आरोपी सुबोध यादव सहित अन्यको खोजीमा छापा मार्ने कार्य जारी रहेको पुलिसले जनाएको छ। पीड़ित पक्षको उजुरीका आधारमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी