

-कर्मी एवं सहयोगीहरूलाई वितरण गरियो एक हजार रुपियाँको चेक
कोकराझार (असम), 11 अक्टोबर (हि.स.) कोकराझार जिल्अलाको थानादारपारा आँगनबाड़ी केन्ङ्गद्नरमा आज आँगन मिलन मेला कार्यक्रम आयोजना गरियो। बाल-बालिका तथा मातृ पोषण, स्वास्थ्य तथा आँगनबाड़ी केन्द्रहरूको माध्यमबाट प्रदान गरिने सेवाहरूप्रति जागरूक गराउने उद्देश्यले आयोजित सो कार्यक्रममा आँगनबाड़ी कर्मीहरू सहित सहायिकाहरू अनि स्थानीय जनता मानिसहरूले भाग लिएका थिए।
कार्यक्रममा बाओखुङ्गुरी विधानसभा निर्वाचन क्षेत्रका विधायक रुपम चन्द्र रोय, कोकराझार जिल्ला समाज कल्याण अधिकारी जिन्टु फुकान एवं कोकराझार डिभीजनका एकीकृत बाल विकास सेवा (आईसीडीएस) अधिकारी गीताञ्जली इस्लारी उपस्थित थिए।
सेवा सङ्कल्प अभियानअ न्तर्गत आँगनबाड़ी कार्यकर्ता एवं सहायिकाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रत्येक कार्यकर्ता र सहयोगीलाई रु. 1,000 को चेक वितरण गरियो। यस पहलको उद्देश्य आधारभूत स्तरमा बाल विकास, पोषण, र मातृ तथा बाल कल्याणको क्षेत्रमा आँगनबाड़ी कार्यकर्ता र सहायिकाहरूको भूमिकालाई अझ सशक्त बनाउनु हो।
उल्लेखनीय छ, बाल-बालिका एवं आमाहरूको समग्र विकासमा आँगनबाड़ी केन्द्रहरूको महत्त्वपूर्ण भूमिका रहिआएको छ।यस्ता कार्यक्रमहरूले आँगनबाड़ी कार्यकर्ता, सहायिका एवं स्थानीय जनतामा राम्रो समन्वय स्थापित गर्नको साथै सरकारी कल्याणकारी योजनाहरूको बारेमा चेतना बढाउनमा पनि मद्दत गर्ने आशा गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा