असममा 439 उम्मेद्वारले नियुक्ति पत्र प्राप्त गरे, दुई लाख सरकारी नोकरी दिने लक्ष्य तर्फ कदम बढ्यो
असम भाजपा Assam BJP


गुवाहाटी, 11 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमनत विश्व सरमाले आइतवार राज्यका चार वटा विभागहरूमा विभिन्न पदहरूमा चुनिएका 439 जना उम्मेदवारहरूलाई नियुक्ति पत्र प्रदान गरे। यस वर्ष 2026- को विधानसभा चुनाउमा दुई लाख सरकारी नोकरी दिने भारतीय जनता पार्टी (भाजपा) को वाचा अनुसार यो एउटा महत्त्वपूर्ण कदम चालिएको बताइएको छ। मुख्यमन्त्रीको दोस्रो कार्यकालमा अनि राज्यमा एनडीए सरकारको तेस्रो कार्यकालमा यो पहिलो नियुक्ति कार्यक्रम हो।

गुवाहाटीस्थित श्रीमन्त शङ्करदेव कलाक्षेत्रको श्री श्री दामोदरदेव अन्तर्राष्ट्रिय सभागारमा आयोजित कार्यक्रममा जल संसाधन , जन स्वास्थ्य अभियान्त्रिकी, , श्रम कल्याण तथा सहयोग विभागको लागि नियुक्ति पत्र वितरण गरियो। यसमा असम सहकारी एपेक्स ब्याङ्क लिमिटेडमा चयनित उम्मेदवारहरू समावेश छन्।

प्रदेश भाजपाका प्रवक्ता प्राञ्जल कलिताले भने, पछिल्लो सरकारको कार्यकालमा असममा शिक्षित युवाहरूलाई सरकारी नोकरी प्रदान गरिएको थियो। उनले मुख्यमन्त्रीको पहलको प्रशंसा गर्दै भने, यसबाट सामान्य परिवारका युवाहरूको लागि सरकारी नोकरी पाउने अवसर बढ़ेको छ।

कलिताले दाबी गरे, सरकारले भर्ती प्रक्रियामा कथित अनियमितता, बिचौली अनि धन लेन-देनको व्यवस्थालाई हटाएर योग्यताको आधारमा पारदर्शी ढङ्गमा नियुक्ति सुनिश्चित गरेको छ। यसअघि एक लाख सरकारी नोकरी दिने लक्ष्यमाथि विपक्षीले प्रश्न उठाएको थियो, तर मुख्यमन्त्रीले आफ्नो पहिलो कार्यकालमै 1.6 लाखभन्दा बढी युवाहरूलाईलाई रोजगार प्रदान गरे।

राज्य सरकार अहिले दुई लाख सरकारी रोजगारी दिने लक्ष्यतर्फ अघि बढिरहेको उनले बताए। भाजपाका प्रवक्ताले विपक्षीले युवाहरूको आकाङ्क्षाको राजनीतिक फाइदा उठाएको आरोप पनि लगाए।

कलिताले सिलचर नगरनिगम र नगाउँ लोकसभा उपचुनाउमा भाजपाको विजयलाई उल्लेख गर्दै कालिताले यी नतिजाहरूले राज्य सरकारको विकास नीतिप्रति जनताको समर्थनलाई दर्शाएको दाबी गरे। उनले भने, मुख्यमन्त्रीको नेतृत्वमा सबै उमेर समूहका मानिस, विशेष गरी युवा एवं पहिलो पटक मतदाताहरू राज्यको विकासमा भाग लिइरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande