
गुवाहाटी, 11 अक्टोबर (हि.स.)। पूर्वोत्तर सीमान्त रेलवे (पूसीरे) ले पाँचवटा चयनित ट्रेनहरूमा उन्नत अन-बोर्ड सेवाहरू शुरु गरेको छ। यी सेवाहरू शुरु गर्ने यो भारतीय रेलवेको दोस्रो जोनल रेलवे बनेको छ। यी सेवाहरूलाई गए 10 अक्टोबरको दिन गुवाहाटी रेलवे स्टेशनमा पूसीरेका प्रधान मुख्य यान्त्रिक इञ्जीनियर (पीसीएमई) तथा रेलवेका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थितिमा औपचारिक रूपमा शुरु गरियो।
तकनिक आधारित हाउसकीपिङ्ग सेवाहरू एसएमसी इन्टिग्रेटेड फेसिलिटी म्यानेजमेन्ट सोल्यूशन लिमिटेडद्वारा लागू गरिँदैछ। यसको लागि चयनित ट्रेनहरूमा समर्पित टीमहरूलाई तैनाथ गरिएको छ जसले यात्रा अवधिभरि निरन्तर सफाई, उच्च स्वच्छता एवं यात्रुहरूका गुनासोहरूको द्रुत निवारण सुनिश्चित गर्नेछ।
पूसीरेका सीपीआरओ कपिञ्जल शर्माले आज बताएका छन्, सुधार गरिएका सेवाहरूमध्ये पाँच वटा ट्रेनहरूलाई चयन गरिएको छ जसमा आगामी 14 अक्टोबरदेखि कामाख्या-एसएमभीटी बेङ्गलुरु एक्सप्रेस (ट्रेन नम्बर- 12552/12551), अक्टोबर 10- देखि गुवाहाटी-कोलकाता गरीब रथ एक्सप्रेस (ट्रेन नम्बर- 12518/12517), अक्टोबर 11- देखि डिब्रुगढ-मुम्बई एलटीटी एक्सप्रेस (ट्रेन नम्बर- 15946/15945), अक्टोबर 10- देखि न्यू जलपाईगुडी-पटना वन्दे भारत एक्सप्रेस (ट्रेन नम्बर 22233/22234) तथा 10 अक्टोबरदेखि न्यू जलपाईगुडी-गुवाहाटी वन्दे भारत एक्सप्रेस (ट्रेन नम्बर- 222227/22228)-मा शुरू भइरहेको छ।
उन्नत अन-बोर्ड सेवाहरूले कोच र एसी झ्यालहरूको नियमित सफाई, शौचालयको उचित सफाई, उचित फोहोर व्यवस्थापन र समयमै डेलिभरी एवं लिनन सङ्कलन सुनिश्चित गर्नेछन्। समर्पित टोलीहरूले आधारभूत प्राविधिक सहयोग प्रदान गर्नेछन्, पानीको उपलब्धतामाथि नजर राख्नेछन् र दुई घण्टाभित्रै यात्रुहरूको गुनासोको समाधान गर्नेछन्। यदि कुनै समस्या समाधान भएन भने त्यसलाई सम्बन्धित रेलवे अधिकारीहरूसम्म पुऱ्याइनेछ।
सेवाको गुणस्तर एवं जवाफदेही बढाउनको लागि,यस पहलमा डिजीटल मनिटरिङ्ग , जियो-ट्याग सेवाको जाँच, कर्मचारी ट्र्याकिङ, एवं केन्द्रीकृत मनिटरिङ्ग प्रणाली सामेल छन्। यात्रुहरूबाट प्राप्त रियल-टाइम फिडब्याक , स्टार रेटिङ्ग औ एआई-आधारित स्वच्छता मूल्याङ्कनहरूले प्रस्तुतिलाई सही ढङ्गमा जाँच्न सहयोग पुऱ्याउनेछ जसबाट स्वच्छता, यात्रुहरूको आराम, र समग्र यात्राको अनुभवमा सुधार ल्याउनेछ।
स्थानीय शिल्पकलालाई प्रोत्साहन गर्ने दिशामा एउटा महत्त्वपूर्ण कदम चाल्दै पूर्वोत्तर क्षेत्रीय विकास मन्त्रालय अन्तर्गत एनईडीएफआरको सहयोगले स्थानीय अन- बोर्ड सर्भिस स्टाफको लागि यूनिफर्म स्थानीय बुनकरहरूद्वारा तयार गरिएको छ।
यस पहलको माध्यमबाट पुसीरेको उद्देश्य अन-बोर्ड स्वच्छतालाई सर्वोत्कृष्ट बनाउनु स्वच्छता मानदण्डहरूमा सुधार ल्याउने तथा यात्रुहरूको सन्तुष्टिलाई बढाउनु हो। तकनिक आधारित हाउसकीपिङ, डिजिटल निगरानी एवं तत्काल प्रतिक्रिया सेवाहरूलाई एकसाथ ल्याउनाले रेल यात्राको अनुभव अधिक स्वच्छ, सुरक्षित औं आरामदायक बन्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा