
नयाँ दिल्ली, 11 अक्टोबर(हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आइतवार दिल्लीको भाजपा कार्यालयमा आयोजित 'नारी शक्ति मन्थन' कार्यशालामा भाग लिइन्।
भाजपाका राष्ट्रिय महासचिव बीएल सन्तोषको उपस्थितिमा आयोजित कार्यशालामा महिलाहरूको उत्थान, आत्मनिर्भरता एवं सशक्तिकरणसँग सम्बन्धित मुद्दाहरूमा विचार-विमर्श गरियो।
यस अवसरमा मुख्यमन्त्री रेखा गुप्तालेभनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीको 'महिला नेतृत्वको विकासयुक्त' (वुमेन लेड डेभलपमेन्ट) को संकल्पले देशका करोडौँ छोरी एवं महिलाहरूको क्षमता, आत्मसम्मान तथा आत्मनिर्भरतालाई नयाँ शक्ति दिएको छ। उनले भनिन्, प्रत्येक छोरीले शिक्षा र प्रगतिको समान अवसर पाउनुपर्छ, हरेक महिला आत्मनिर्भर बन्नुपर्छ अनि हरेक आमा आफ्नी छोरीको सुरक्षित एवं उज्ज्वल भविष्यका लागि विश्वस्त हुनुपर्छ भन्ने हाम्रो सङ्कल्प हो।
मुख्यमन्त्रीले भनिन्, नारी शक्तिको सामर्थ्य, स्वाभिमान एवं आत्मनिर्भरता नै सशक्त दिल्ली तथा विकसित भारत निर्माणको ल आधार हो। उनले महिलाहरूलाई सशक्त बनाउन र उनीहरूलाई विकासको मुख्यधारामा अग्रसर गराउने प्रयासमाथि जोड़ दिइन्।
कार्यशालामा केन्द्रिय महिला तथा बाल विकास मन्त्री अन्नपूर्णा देवी, भाजपाका राष्ट्रिय उपाध्यक्ष बैजयन्त जय पाण्डा, दिल्ली भाजपाका प्रभारी डा. विनय सहस्रबुद्धे औं भाजपाशासित राज्यका महिला तथा बाल विकास मन्त्रीहरू पनि उपस्थित थिए। यस अवधिमा महिला शक्तिको उत्थान, आत्मनिर्भरता र सशक्तीकरणका प्रयासहरूलाई नयाँ गति दिने विभिन्न पक्षमाथि अर्थपूर्ण छलफल भयो।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा