
अररिया, 11 अक्टोबर (हि.स.) नेपालको संसारी माताको मन्दिरबाट प्राचीन मूर्ति चोरी भएको थियो। यो मूर्ति धेरै पुरानो हो भने मन्दिर र मूर्तिसँग ठूलो सङ्ख्यामा हिन्दूहरूको आस्था जोडिएको थियो।
चोरी भएको मूर्तिलाई भारत-नेपाल सीमाको सुरक्षामा खटिएका सशस्त्र सीमा बल (एसएसबी) 56 औँ बटालियनले जोगबनी बीसीपी नजिकैबाट सुरज विश्वकर्मा नामक नेपाली नागरिकको गहन जाँच गर्दै सकुशल भारतीय भू-भागबाट जफत गऱ्यो। उक्त मूर्तिलाई वरिष्ठ अधिकारीहरूको आदेशमा आइतवार नेपालको सशस्त्र प्रहरी बल एपीएफलाई हस्तान्तरण गरियो।
जोगबनी मुख्य सीमामा एपीएफका वरिष्ठ अधिकारीहरूले चोरी भएको मूर्तिलाई ग्रहण गरी सुरक्षित रूपमा मन्दिर व्यवस्थापन समितिलाई फिर्ता गरे। मन्दिर व्यवस्थापन समिति लगायत नेपाल सशस्त्र प्रहरी बलका अधिकारीहरूले एसएसबी 56 औँ बटालियनलाई चोरी भएको मूर्ति जफत गरिएकोमा कृतज्ञता व्यक्त गरेको छ। एसएसबी 56 औँ बटालियनका सेकेण्ड कमाण्डिङ्ग अफिसर नवीन कुमार गुप्ताले सो जानकारी दिएका हुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा