मुख्यमन्त्रीको राज्यपाल माथुरसँग भेट, आभार व्यक्त गरे
राज्यपाल माथुर र मुख्यमन्त्री तामाङ


गान्तोक, 13 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सिक्किमका राज्यपाल तथा केरलमका लागि मनोनीत राज्यपाल ओमप्रकाश माथुरसँग भेट गरी राज्यमा उनको कार्यकाल पूरा भएको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै सिक्किमका जनताको तर्फबाट तथा आफ्नो व्यक्तिगत तर्फबाट राज्यपाल माथुरप्रति कृतज्ञता व्यक्त गरेको बताएका छन्। उनले राज्यपाल माथुरको मर्यादित नेतृत्व, संवैधानिक मूल्यप्रतिको प्रतिबद्धता तथा राज्यको प्रगति र जनकल्याणमा पुर्‍याएको महत्त्वपूर्ण योगदानको प्रशंसा गरेका छन्।

उनले राज्यपाल माथुरको कार्यकाललाई सम्मान र कृतज्ञताका साथ स्मरण गरिने पनि उल्लेख गरेका छन्। मुख्यमन्त्री तामाङले राज्यपाल माथुरको सुस्वास्थ्य, सुख, शान्ति तथा दीर्घ र सुखमय जीवनको कामना गर्दै आगामी दिनमा पनि उस्तै समर्पण र विवेकका साथ राष्ट्रको सेवा गरिरहने विश्वास व्यक्त गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande