शिलङ लाजोङ राज्यपाल स्वर्ण कपको फाइनलमा, सिक्किम आक्रमणसँग उपाधिका लागि भिड्ने
राज्यपाल स्वर्ण कप फुटबल प्रतियोगिता


गान्तोक, 14 अक्टोबर (हि.स.)। ४२औँ राज्यपाल स्वर्ण कप फुटबल प्रतियोगिता २०२६ को दोस्रो सेमिफाइनलमा सिङ्लिङ स्पोर्टिङ क्लबलाई पेनल्टी सुटआउटमा पराजित गर्दै शिलङ लाजोङ एफसी फाइनलमा प्रवेश गरेको छ। बुधबार पाल्जोर स्टेडियममा सम्पन्न अति नै रोचक खेलमा शिलङले सिङलिङलाई ५-४ गोलले पराजित गर्यो।

खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनल्टी सुटआउटबाट गरिएको थियो। शिलङ लाजोङले उपाधि भिडन्तमा आफ्नो स्थान सुरक्षित गरेको हो।

खेलको ६१औँ मिनेटमा सिङ्लिङ एससीका जर्सी नम्बर ३१ का विल्सन शेर्पाले रातो कार्ड पाएपछि टोली मैदानमा नौ खेलाडीमा सीमित भएको थियो। त्यसपछि शिलोङ लाजोङले दोस्रो हाफमा खेलमा दबदबा कायम गरे पनि गोल गर्न भने सकेन।

अर्कातिर, खेलमा सिङ्लिङ एससीले रक्षात्मक रणनीति अपनाउँदै शिलोङ लाजोङलाई गोल गर्नबाट रोक्ने प्रयास गरेको थियो। निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल पेनल्टी सुटआउटमा पुग्यो।

पेनल्टी सुटआउटमा शिलोङ लाजोङका गोलरक्षक रानितले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षीको प्रहार बचाए। उनको निर्णायक प्रदर्शनका लागि उनलाई खेलको उत्कृष्ट खेलाडी घोषित गरियो।

यस जितसँगै शिलोङ लाजोङले उपाधिका लागि सिक्किम आक्रमणसँग प्रतिस्पर्धा गर्ने भएको छ। प्रतियोगिताको फाइनल खेल १६ अक्टोबरमा साँझ ५ बजी फ्लडलाइटमा आयोजना हुनेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande