
उत्तर दिनाजपुर, 13 अक्टोबर (हि.स.)। जिल्लाको रायगञ्जमा पत्नीको मृत्यु भएपछि पतिको शव सड़क किनारमा भेटिएको घटनाले क्षेत्रमा व्यापक कोकोहोलो मच्चाएको छ। मृतकको पहिचान अमल देवनाथको रूपमा भएको छ। उनी पेशाले निर्माण श्रमिक थिए।
परिवारका सदस्यहरूले बताए अनुसार अमलकी पत्नी रुमकी देवनाथको गत आइतवार ज्वरोको कारण रायगञ्ज मेडिकल कलेज एवं अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। आफ्नी पत्नीको मृत्युपछि अमल मानसिक तनाउमा थिए। गए सोमवार बिहान घरबाट निस्किएपछि उनी बेपत्ता भएका थिए। लामो खोजीपछि उनको शव करनजोड़ा पुलिस चौकी क्षेत्रबाट राती सड़क किनारमा भेटिएको थियो। अमलको डेढ वर्षको छोरो छ। उनका आमा-बुवा दिल्लीमा प्रवासी मजदुरको रूपमा काम गर्छन्। छोराको मृत्युको खबर पाएपछि उनीहरू रायगञ्जका लागि प्रस्थान गरेका छन्।
सूचना पाएर पुलिसले शवलाई कब्जामा लिई पोस्टमर्टम गर्नको लागि रायगञ्ज मेडिकल कलेज एवं अस्पतालमा पठाएको छ। पुलिसले यस घटनामा अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा