अरेञ्ज लाइनमा मेट्रो परिसेवामा कटौती
कोलकाता मेट्रो परिसेवा


कोलकाता, 13 अक्टोबर (हि.स.)। दुर्गा पूजाको अवसरमा अरेञ्ज लाइनमा मेट्रो सेवाहरू कटौती गरिएको छ! मेट्रो सूत्र अनुसार अरेञ्ज लाइनमा बेलेघाटादेखि आईटी सेन्टरसम्म ट्रायल ट्रेन चलाउने उद्देश्यले मेट्रो सेवाको समय घटाइएको छ। मङ्गलवार 13 अक्टोबरदेखि, मेट्रो बिहान र साँझ छोटो अवधिका लागि चल्नेछ। सामान्यतया अरेञ्ज लाइनमा बिहान 7ः40 देखि राती 9ः08 सम्म सेवा प्राप्त हुनेछ जुन मङ्गलवार बिहान 8ः40 बजेदेखि साँझ 8ः18 सम्म चल्नेछ।

गत 10 अक्टोबरदेखि बेलेघाटादेखि आईटी सेन्टरसम्म ट्रायल ट्रेन सर्भिस शुरु भएको छ। यस खण्डमा मेट्रो सेवा शुरु गर्नअघि निर्धारित सुरक्षा मापदण्ड अनुसार धेरै परीक्षणहरू गरिनेछ। त्यो कामलाई सहजै सम्पन्न गर्नको लागि बिहान र रीति व्यावसायिक सेवाको समय घटाउने निर्णय गरिएको बताइएको छ।

स्मरण गराइन्छ, अरेञ्ज लाइनको विस्तारित खण्डमा गत शनिवार ट्रायल रन गरिएको थियो। बेलेघाटादेखि सेक्टर फाइभसम्मको ट्रायल रन सफल भएको छ। यदि सबै ठिक रह्यो भने मेट्रो सेवाहरू आगमी दिसम्बर, क्रिसमसको समयमा कवि सुभाष वा न्यू गरिया स्टेशनदेखि सोझै सेक्टर- 5 सम्म मेट्रे सेवा शुरू हुनेछ। यसमा गौरीकिशोर घोष, नलबन र सेक्टर फाइभ स्टेशन मेट्रो स्टेशनहरू समावेश हुनेछन्। यो सेवा शुरु भयो भने सेक्टर फाइभदेखि धेरै छोटो समयमा न्यू गरियासम्म पुग्न सकिन्छ। यसबाट सेक्टर फाइभमा काम गर्अने मानिसहरूलाई फाइदे हुनेछ।

यद्यपि, पूजाको समयमा यात्रुहरूको भीड़लाई ध्यानमा राख्दै ब्लू र ग्रीन लाइनमा सप्तमीको दुई दिन र अष्टमी अनि नवमीमा रातभरि मेट्रो सेवाहरू पाइनेछ। व्यस्त समयमा ब्लू लाइनमा छ मिनट र ग्रीन लाइनमा आठ मिनटको अन्तरालमा रेलहरू उपलब्ध हुनेछन्। पञ्चमी र षष्ठीका दिन ब्लू लाइनमा 284 वटा रेल चल्नेछन्। सेवा बिहान 6 बजेदेखि शुरु हुनेछ। अन्तिम रेल बिहान 11 बजे आइपुग्नेछ। व्यस्त समयमा प्रत्येक छ मिनटमा रेलहरू चल्नेछन्। पञ्चमी र षष्ठीका दिन ग्रीन लाइनमा 240 वटा रेल चल्नेछन्।

यसपालि, सप्तमी दुई दिन परेकोछ। तसर्थ, सप्तमी, अष्टमी र नवमीमा, पूजाको समयमा दुई दिन, मेट्रो ब्लू र ग्रीन लाइनहरूमा रातभरि चल्नेछ। अक्टोबर 17- देखि अक्टोबर 20 सम्म ब्लू लाइनमा दिउँसो 1 बजे सेवा शुरु हुनेछ। यो भोलिपल्ट बिहान चार बजेसम्म चल्नेछ। ग्रीन लाइनमा सेवा भोलिपल्ट दिउँसो 1ः30 देखि 3ः59 सम्म चल्नेछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande