
कोलकाता, 02 अक्टोबर (हि.स.)। शुक्रवार पश्चिम बङ्गालको मौसम मुख्यतया सामान्य रहने अनुमान व्यक्त गरिएको छ। भारत मौसम विज्ञान विभागको क्षेत्रीय मौसम विज्ञान केन्द्र, कोलकाता अनुसार गाङ्गा तटीय पश्चिम बङ्गालको लागि आज कुनै चेताउनी जारी गरिएको छैन। तर उत्तर बङ्गालका उप-हिमालयी जिल्लाहरूमा कतै-कतै मेघ गर्जनसितै पानी पर्ने सम्भावना छ।
कोलकाता एवं दक्षिण बङ्गालका जिल्लाहरूमा दिउँसो गर्मी तथा आद्रताको प्रभाव कायम रहने सम्भावना छ। अलिपुरमा शुक्रवार बिहान 2.30 बजे तापक्रम 27.6 डिग्री सेल्सियस तथा सापेक्ष आद्रता 92 प्रतिशत दर्ता गरियो। उत्तर बङ्गालमा आज अनि शनिवार आँधीबेह्री आउने सम्भावना छ।
मौसम विभागका अनुसार पश्चिम बङ्गालका तटीय भागहरूमा कतिपय स्थानमा वर्षा एवं मेघ गर्जनसितै पानी पर्ने सम्भावना छ। यद्यपि समुद्रको अवस्था सामान्यदेखि हल्का रहने अनुमान छ भने पश्चिम बङ्गाल तटको लागि हा आँधीबेह्री आउने कुनै चेताउनी जारी गरिएको छैन। दक्षिण बङ्गालमा हाल भारी वर्षा हुने स्थिति छैन। आगामी दिनमा मौसम मुख्यतया सामान्य रहने सम्भावना छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा