
बाक्सा (असम), 02 अक्टोबर (हि.स.)। बाक्सा जिल्लाको बरिमुखमा गए बिहीवार राती भएको भीषण सड़क दुर्घटनामा स्कुटर सवार एकजना महिला गम्भीर रूपमा घाइते भइन्। प्राप्त जानकारी अनुसार एउटा चार चक्के वाहनले स्कुटीलाई सशक्त ठक्कर दियो। ठक्करपछि पनि वाहनले स्कुटीलाई सय मीटरसम्म घिसार्लै लग्यो।
दुर्घटनामा स्कुटी (एएस-28-5185) सवार दशमी स्वर्गियारी नामक महिला गम्भीर घाइते भइन्। उनको अवस्था गम्भीर भएकाले प्राथमिक उपचारपछि उन्नत उपचारका लागि गुवाहाटी मेडिकल कलेज एवं अस्पताल (जीएमसीएच) मा रेफर गरियो। घाइते महिलाको घर बाक्सा जिल्लाको पोमापथरामा रहेको बताइएको छ।
दुर्घटनापछिचार चक्के वाहनको चालक घटनास्थलबाट भागेको थियो, तर पुलिसले पछ्याएर वाहनलाई जफत गरी चालकलाई हिरासतमा लिएको छ। पछि मुसलपुर पुलिसले दुर्घटनामा संलग्न दुवै वाहनलाई थानामा ल्यायो। हाल यस मामिलामा अग्रिम कारबाही भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा