
कोलकाता, 02 अक्टोबर (हि.स.)। कोलकाता सहित सारा पश्चिम बङ्गालमा शुक्रवारदेखि तीन दिवसीय विशेष जनकल्याण शिविर 'सेवा-सेतु अभियान' शुरु गरिएको छ। यस अभियान अन्तर्गत आम जनताले राज्य एवं केन्द्र सरकारका विभिन्न सामाजिक योजनाहरूको लाभ उठाउन प्रत्यक्ष आवेदन गर्न सक्नेछन्। अन्नपूर्णा योजना सहित अन्य सामाजिक योजनामा नाम दर्ता नभएका व्यक्तिहरूलाई यो विशेष शिविर मार्फत अर्को मौका दिइँदैछ।
यो अभियान दैनिक बिहान 11 देखि साँझ 5 बजेसम्म सञ्चालन हुनेछ। शिविरहरूमा सरकारी अधिकारीहरू उपस्थित हुनेछन् जसले अन्नपूर्ण योजना, प्रधानमन्त्री आवास योजना, शिक्षा श्री, जय जोहर, प्रधानमन्त्री किसान क्रेडिट कार्ड एवं प्रधानमन्त्री किसान निधि जस्ता महत्त्वपूर्ण योजनाहरूको फारम जमा गर्ने तथा आवश्यक सेवाहरू प्रदान गर्ने काम गर्नेछन्। यसबाहेक धेरै वटा ब्याङ्कहरूले जनताको सुविधाका लागि शिविरमा आफ्ना काउन्टरहरू खोलेको छन्।
राजनीतिक पर्यवेक्षक दुर्गा पूजापछि कोलकाता नगरनिगमको चुनाउ हुने सम्भावना छ अनुसार कोलकातामा नगरपालिका चुनाव दुर्गा पूजा पछि हुने सम्भावना छ, त्यसको ठीक अघि आम जनतालाई सामाजिक योजनाहरूसँग जोड्ने सरकारको यो कदमलाई महत्वपूर्ण मानिँदैछ।
कोलकाता नगरनिगमको 16 बोरो (वार्ड समूह) क्षेत्रमा मात्र 53 वटा शिविरहरू आयोजना गरिँदैछ। प्रत्येक वार्ड समूहमा औसतन तीनदेखि पाँच वटा शिविरको आयोजना गरिएको छ। नगरनिगम आयुक्त स्मिता पाण्डेले बताइन्, सर्वसाधारणको सहुलियतलाई ध्यानमा राख्दै प्रत्येक शिविरमा स्वास्थ्य जाँच केन्द्र पनि स्थापना गरिएको । यसका साथै कागजपत्रहरूलाई तुरुन्तै अपडेट गर्नको लागि 'ई-केवाईसी' केन्द्र, महिलाहरूको लागि स्तनपान केन्द्र (ब्रेस्ट फीडिङ्ग सेन्टर) तथा बच्चाहरू खेल्नका लागि छुट्टै सुरक्षित ठाउँको पनि व्यवस्था गरिएको छ।
यस विशाल अभियानको जानकारी सर्वसाधारणसम्म पुऱ्याउने जिम्मेवारी मुख्यतया विधायकहरूलाई सुम्पिएको छ। सरकारी योजनाहरूप्रति जनताको ठूलो उत्साह एवं काउन्टरहरूमा अपेक्षित भी़डलाई ध्यानमा राख्दै कोलकाता नगरनिगमले लाल बजार (कोलकाता पुलिस मुख्यालय) सित तीनै दिन सबै शिविरहरूमा अतिरिक्त पुलिस सुरक्षा प्रदान गर्ने अनुरोध गरेको छ।
निगमका कर्मचारीहरूलाई शङ्का लागेको छ, विशेष अन्नपूर्णा योजनाको फारम जमा गर्नको लागि शिविरहरूमाथि सबैभन्दा अधिक दबाव बन्नसक्छ जसलाई सुचारू रूपमा सम्हाल्नको लागि प्रशासनद्वारा विशेष सतर्कता अप्नाइँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा