
गुवाहाटी, 2 अक्टोबर (हि.स.)। अल इण्डिया यूनाइटेड डेमोक्रेटिक फ्रन्ट (एआईयूडीएफ) प्रमुख बदरुद्दीन अजमलले बिरियानीलाई लिएर कङ्ग्रेस नेता रकिबुल हुसेनले गरेका टिप्पणीको सन्दर्भमा लक्षित गर्दै भने, हुसेनले जन्मदेखि नै बिरियानी होइन, सुक्खा माछा खाएका थिए।
अजमलले कङ्ग्रेस नेतामाथि कटाक्ष गर्दै भने, हुसेन गरीब परिवारबाट आएका थिए, त्यसैले उनको लागि बिरियानी खानु सम्भव थिएन। अजमलले हुसेनलाई लिएर आपत्तिजनक टिप्पणी गर्दै उनलाई पागल समेत बताए।
अजमलको यस टिप्पणी पश्चात नगाउँ लोकसभा उपचुनाउको प्रचार-प्रसारबीच राजनीतिक बयानबाजी अझ तीव्र भएको छ। यसअघि हुसेनले असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाद्वारा गरिएको टिप्पणीको जवाफमा बिरियानीको उल्लेख गरेका थिए।
नगाउँ लोकसभा सीटमा उपचुनाउको लागि आगामी 6 अक्टोबरमा मतदान हुनेछ भने यसको गणना 9 अक्टोबरमा हुनेछ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा