
किशनगञ्ज, 21 अक्टोबर (हि.स.)। किशनगञ्जमा रेलवे ट्रयाक पार गर्ने क्रममा यात्रु रेलको चपेटमा परी 76 वर्षीय वृद्धको मृत्यु भयो। मृतकको पहिचान डगरी बस्तीको वार्ड नम्बर तीनका निवासी मोहम्मद कुतुबुद्दीनको रूपमा भएको छ। दुर्घटनापछि घटनास्थलमा मानिसहरूको भीड जम्मा भयो। घटनाको जानकारी पाएपछि रेलवे सुरक्षा बल (आरपिएफ)- को टोली घटनास्थलमा पुग्यो अनि आवश्यक कारबाही शुरु गऱ्यो।
स्थानीयहरूबाट प्राप्त जानकारी अनुसार वृद्धले रेल ट्रयाक पार गरिरहेका थिए। सोही समयमा उनी एक यात्री रेलको चपेटमा परे। टक्करको प्रभाव यति गम्भीर थियो कि उनको घटनास्थलमै मृत्यु भयो। दुर्घटनामा शरीर नराम्ररी क्षतिग्रस्त भएको थियो। घटनापछि यस क्षेत्रमा खैलाबैला मच्चियो। घटनाको जानकारी पाएपछि स्थानीयहरू घटनास्थलमा पुगे। आरपिएफको टोली पनि घटनास्थलमा पुग्यो। शवलाई पोस्टमार्टम गर्नको लागि पठाउने प्रक्रिया शुरु गरिएको छ। साथै मृतकको आफन्तलाई जानकारी दिइएको छ।
आरपीएफ इन्स्पेक्टर एचके शर्माले मृतकको पहिचान भइसकेको र शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको बताए। उनले रेल ट्रयाक पार गर्दा वृद्धलाई रेलले कुन परिस्थितिमा ठोक्कायो भन्नेबारे अनुसन्धान भइरहेको बताए। दुर्घटनाको वास्तविक कारण अहिलेसम्म थाहा हुन सकेको छैन। घटनाको सही परिस्थिति अनुसन्धान पूरा भएपछि मात्र स्पष्ट हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा