

गुवाहाटी, २१ अक्टोबर (हि.स.)। गुवाहाटीको बाहिरी क्षेत्रमा पर्ने सोनापुरस्थित प्रथम वाहिनी सशस्त्र सीमा बल (एसएसबी) द्वारा बुधबार वाहिनीका कमान्डेन्ट सुनील कौशिकको मार्गदर्शनमा वाहिनी मुख्यालय तथा सबै समवायहरूमा पुलिस स्मृति दिवस श्रद्धा र सम्मानका साथ मनाइएको छ।
यस अवसरमा कमान्डेन्ट कौशिकले शहीद स्मारकमा पुष्पहार अर्पण गरी देशको रक्षा तथा आन्तरिक सुरक्षाका लागि आफ्नो प्राणको सर्वोच्च बलिदान दिने वीर जवानहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। साथै, उनीहरूको अदम्य साहस, वीरता र राष्ट्रप्रतिको समर्पणलाई नमन गरिएको थियो।
सन् २०२६ को अवधिमा देशको रक्षा तथा सुरक्षाको कर्तव्य निर्वाह गर्ने क्रममा १५४ जना प्रहरी तथा सुरक्षाकर्मीले आफ्नो प्राणको बलिदान दिएका छन्। यस अवसरमा उपस्थित अधिकारी तथा जवानहरूले वीर शहीदहरूको बलिदानको स्मरण गर्दै उनीहरूप्रति सम्मान व्यक्त गरे। साथै, राष्ट्रको सुरक्षा, शान्ति र अखण्डता कायम राख्ने सङ्कल्प दोहोर्याए।
कार्यक्रमका क्रममा उपकमान्डेन्ट (प्रचार अधिकारी) विकास सिंह, सहायक कमान्डेन्ट जयन्त बोरा तथा दण्डपालले उपस्थित अधिकारी र कर्मचारीहरूलाई पुलिस झण्डा दिवसका टिकट लगाइदिएका थिए। वाहिनी मुख्यालयसहित सबै समवायहरूमा प्रहरी स्मृति दिवसका अवसरमा शहीदहरूप्रति सम्मान र कृतज्ञता व्यक्त गरिएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी