विभिन्न स्थानमा दुई अज्ञात मानिसहरूको शव फेला पऱ्यो
प्रतीकात्मक छवि


नोएडा, 21 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको नोएडामा दुई फरक स्थानमा दुई जना अज्ञात मानिसहरूको शव फेला परेको छ। पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको छ।

पुलिस आयुक्त श्रीमती लक्ष्मी सिंहका मिडिया प्रभारीले बताए, थाना इकोटेक तीन क्षेत्रमा गए राती 51 वर्षीय अज्ञात व्यक्तिको शवलाी पुलिसले फेला पाऱ्यो। पुलिसले घटनास्थलमा पुगेर शवलाई कब्जामा लिई पोस्टमर्टम गर्नको लागि पठाइदियो।

सोही पुलिस स्टेशनको बिसरख क्षेत्रमा हिजो राती पुलिसले 60 वर्षीय अज्ञात व्यक्तिको शव फेला पाऱ्यो। घटनाको जानकारी पाएपछि पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लियो जसलाई पछि पोस्टमर्टम गर्नको लागि पठाइयो। पुलिसले वरपरका मानिसहरू एवं सामाजिक सञ्जाल मार्फत शवको पहिचान गर्ने प्रयास गरिरहेको छ।

--------

/ बिशाल


 rajesh pande