
हमिरपुर, 21 अक्टोबर (हि.स.)। पूर्व केन्द्रिय मन्त्री तथा हमिरपुर संसदीय निर्वाचन क्षेत्रका सांसद अनुराग सिंह ठाकुरले भाजपाका राष्ट्रिय महासचिव हरिश द्विवेदीकी आमा स्वर्गीय यशोदा देवीको त्रयोदशी अनुष्ठानमा सहभागी भएर श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको शान्तिका लागि प्रार्थना गरे।
अनुराग सिंह ठाकुरले यस दुःखको घडीमा हरिश द्विवेदी र उनको सम्पूर्ण परिवारप्रति गहिरो समवेदना व्यक्त गरे। उनले ईश्वरसँग दिवङ्गत आत्मालाई आफ्नो श्रीचरणमा स्थान दिउन् अनि शोकाकुल परिवारलाई यो अपूरणीय क्षति सहने शक्ति प्रदान गरून् भनी प्रार्थना गरे।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा