
कुपवाडा, 21 अक्टोबर (हि.स.)। कुपवाड़ा जिल्लाको हन्दवाडाको बागतपोरा क्षेत्रमा एउटा बगैँचामा बेहोस भएर 58 वर्षीया महिलाको मृत्यु भएको छ।
मङ्गलवार राती बागतपोरा नजिकैको बगैँचामा ती महिला बेहोस परेकी थिइन्, एकजना अधिकारीले बताए। पुलिसले तुरुन्तै घटनास्थलमा पुगेर महिलालाई सरकारी मेडिकल कलेज (जीएमसी) हन्दवाड़ामा पुऱ्यायो जहाँ डाक्टरहरूले उनलाई मृत घोषणा गरे, उनले भने। मृतकाको पहिचान मुगली बेगम (58)- को रूपमा भएको छ जो नागरानद निवासी स्वर्गीय मोहम्मद हयात सोफीकी श्रीमती थिइन् भने हाल हन्दवाड़ाको कचवारीमा बस्दै आएकी थिइन्। यसैबीच घटनाको संज्ञान लिइएको छ र अनुसन्धान भइरहेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा