पाकिममा सीएपी सिक्किमको बैठक सम्पन्न
पाकिममा सीएपी सिक्किमको बैठक सम्पन्न


गान्तोक, ३१ अक्टोबर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको संयुक्त जिल्ला कार्यकारी परिषदको बैठक आज पाकिममा सम्पन्न भयो। बैठकमा पार्टीको सांगठनिक अवस्था, विभिन्न जिल्लामा भइरहेका राजनीतिक गतिविधि, क्षेत्रस्तरीय कार्यसम्पादन तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरियो।

बैठकमा पाकिम, गान्तोक, तथा मङ्गन जिल्लाका प्रतिनिधिहरूले आ-आफ्नो जिल्लाको सांगठनिक प्रगति, क्षेत्रीय गतिविधि र मासिक कार्यसम्पादन सम्बन्धी प्रतिवेदन प्रस्तुत गरे। प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै पार्टीको जनसम्पर्क अभियानलाई प्रभावकारी बनाउने, तल्लो तहसम्म संगठन विस्तार गर्ने तथा नागरिकका समस्या र गुनासोलाई प्राथमिकताका साथ उठाउने विषयमा जोड दिइयो।

सभालाई सभाध्यक्ष सुमति छेत्री, पार्टीका उपाध्यक्ष जर्बु छिरिङ लेप्चा, उपाध्यक्ष दीपेन्द्र राई, कर्मा छिरिङ भोटिया, उपाध्यक्ष अनिल नेपाल कोषाध्यक्ष विष्णु चाम्लिङ सम्बोधन गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande