तीनधारेको पद्मा छ्योलिङ तामाङ गुम्बामा ल्हाबाब दुछेनको तीनदिने पूजा शुरु
तीनधारेमा ल्हाबब दुईछेनको अवसरमा तीन दिवसीय पूजा  शुरु


खरसाङ, 31 अक्टोबर (हि.स.)। ल्हाबाब दुछेनको पावन अवसरमा तीनधारेको मिठाईडाँडास्थित पद्मा छ्योलिङ तामाङ गुम्बामा तीनदिने धार्मिक पूजा विधिवत् रूपमा शुरु भएको छ।

पूजाको पहिलो दिन गुम्बाका प्रमुख लामा बुम्बा डुम्जन म्हेमेको अगुवाइमा गुम्बाका सम्पूर्ण लामा म्हेमेहरूद्वारा तारादेवी (डोल्मा) को पूजा, मोलम पाठ तथा घ्यातोङपा पाठ गरिएको थियो।

यसैबीच, गुरु मैत्री सङ्घ तीनधारेको आयोजनामा पूजाको अन्तिम दिन अर्थात् १ नोभेम्बर, २०२६ मा आमन्त्रित धर्मगुरु महामहिम खेन्ट्रुल चानलिङ रिन्पोछेको करकमलबाट श्रद्धालु भक्तजनलाई वाङ अभिषेक प्रदान गरिने कार्यक्रम रहेको छ।

उक्त धार्मिक कार्यक्रममा सहभागी भई धर्मगुरुबाट आशीर्वाद ग्रहण गर्न म्हाणीपा सङ्घ तीनधारेका सदस्य दावा रिन्छेन तामाङले सम्पूर्ण श्रद्धालु भक्तजनलाई आह्वान गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande