मुख्यमन्त्रीले विभिन्न विकास कार्यको उद्घाटन गरिन्
दिल्ली की मुख्यमंत्री रेखा गुप्ता शनिवार को कस्तूरबा गांधी पॉलिटेक्निक पीतमपुरा में अर्पण केंद्र के शुभारंभ के दौरान संबोधित करते हुए


नयाँ दिल्ली, 31 अक्टोबर (हि.स.) दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले शनिवार शालिमार बाग विधानसभा क्षेत्रमा विभिन्न विकास कार्यहरूको उद्घाटन एवं शुभारम्भ गरिन्। उनले नेहरू क्याम्प, हैदरपुरमा दुई वटा नवनिर्मित शिशु वाटिका, पितमपुराको जीपी ब्लकको सेवा बस्तीमा नवनिर्मित जन सुविधा परिसर एवं शालिमार बागस्थित एओ ब्लकको सेवा बस्तीमा जीर्णोद्धार गरिएको जन सुविधा परिसरको उद्घाटन गरिन्। यसको साथै उनले कस्तुरबा गान्धी पोलिटेक्निक, पितमपुरामा अर्पण केन्द्रको पनि शुभारम्भ गरिन्।

मुख्यमन्त्रीले नेहरू क्याम्पस्थित दुई वटा शिशु वाटिकाहरूको उद्घाटन गर्दै भनिन्, यी दुई वाटिकामा माटो भर्ने, घाँस र वृक्षारोपण, फुटपाथ निर्माण, बाल-बालिकाहरूका लागि झुला, नयाँ बे़्ञ्च, ग्रिल, गेटमा पेन्टिङ्ग, बोट-बिरुवाको सिँचाइको लागि बोरवेल एवं प्रकाश व्यवस्था जस्ता कार्यहरू गरिएको छ। यी बगैँचाहरूको विकासले क्षेत्रका बाल-बालिकाहरूलाई खेल्नका लागि सुरक्षित, सफा र हरियो वातावरण प्रदान गर्नेछ।

मुख्यमन्त्रीले पितमपुरास्थित जीपी ब्लकको सेवा बस्तीमा जन सुविधा परिसरको उद्घाटन गर्दै भनिन्, परिसरमा 40 वटा शौचालय निर्माण गरिएको छ जसमध्ये 19 वटा महिलाहरूको लागि र 21 वटा पुरुषहरूको लागि रहेको छ। यस अतिरिक्त महिलाहरूको लागि 6 वटा र पुरुषहरूको लागि 3 वटा स्नानघर पनि उपलब्ध गराइएको छ। यस परिसरको निर्माणले स्थानीय बासिन्दाहरूलाई स्वच्छता र दैनिक आवश्यकताहरूसँग सम्बन्धित उचित सुविधाहरू प्रदान गर्नेछ। उनले शालिमार बागको एओ ब्लकस्थित सेवा बस्तीमा पनि 49 सीटको सार्वजनिक सुविधा परिसरलाई सर्वसाधारणप्रति समर्पित गरिन्। यस परिसरमा महिलाहरूको लागि 22 र पुरुषहरूको लागि 27 वटा शौचालय छन् भने महिलाहरूको लागि चारवटा अनि पुरुषहरूको लागि तीनवटा बाथरुमहरू उपलब्ध छन्।

मुख्यमन्त्रीले कस्तुरबा गान्धी पोलिटेक्निक, पितमपुरामा 'अर्पण केन्द्र' -को उद्घाटन गर्दै भनिन्, यस केन्द्रको माध्यमबाट पुराना र प्रयोग नहुने कपड़ाहरूलाई नयाँ जीवन दिने, कपड़ाको फोहोर घटाउने अनि सर्कुलर इकोनोमीलाई प्रोत्साहित गर्नु छ। उनले भनिन्, दिल्लीको विकास ठूल्ठूला परियोजनाहरूसम्म मात्र सीमित रहने छैन, जबकि वास्तविक विकास त्यसबेला देखिन्छ जतिबेला आम जनताले राम्रो सडक, सफा वातावरण, पर्याप्त प्रकाश, सुरक्षित पार्क अनि आफ्नो वरिपरि आधुनिक सार्वजनिक सुविधाहरू पाउँछन्।

मुख्यमन्त्रीले दिल्ली सरकारले प्रत्येक विधानसभा एवं बस्तीमा नागरिक सुविधाहरू सुदृढीकरण गर्न निरन्तर काम गरिरहेको बताइन्। कुनै पनि भेदभावबिना प्रत्येक वर्ग तथा प्रत्येक क्षेत्रमा विकासको लाभ पुग्ने सरकारको प्रयास रहेको पनि उनले बताइन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande