
इटानगर, ०5 अक्टोबर (हि.स.)। अरुणाचल प्रदेशको सियाङ्ग क्षेत्रमा प्रस्तावित सियाङ्ग अप्पर मल्टीपर्पोज प्रोजेक्ट (एसयुएमपी)को चर्को विरोध भइरहेको छ। विरुद्ध विरोध तीव्र भएको छ। 'प्री-फिजिबिलिटी रिपोर्ट' (पिएफआर) सँग सम्बन्धित गतिविधिहरू भइरहेको बेला रिगा र उगेङ्गमा प्रदर्शनकारी एवं सुरक्षाकर्मीहरूबीच झड़प भयो।
जानकारी अनुसार, यी झड़पहरूमा एकजना सहायक कमाण्डेन्ट सहित सीआरपीएफका जवान एवं प्रदर्शनकारीहरू घाइते भए। घाइतेहरूको सही सङ्ख्या अझै आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन। यो झड़प प्रस्तावित बहुउद्देशीय परियोजना तथा यस क्षेत्रमा चलिरहेको पीएफआर-सम्बन्धित गतिविधिहरूको विरोध भइरहेको अवस्माथामा भएको छ। यस परियोजनाको विरोध गरिरहेका स्थानीय समुदायहरूले भूमि, जीविकोपार्जन, विस्थापन, जैविक विविधता एवं पैतृक क्षेत्रहरूमा यसको सम्भावित प्रभावबारे चिन्ता व्यक्त गरेका छन्।
अरुणाचल प्रदेश सरकारको भनाइ छ, पीएफआर प्रारम्भिक प्राविधिक मूल्याङ्कन मात्र हो र परियोजनालाई कार्यान्वयन गर्ने अन्तिम निर्णय होइन। सरकारले प्रस्तावित परियोजनाबाट प्रभावित वा चिन्तित समुदायसँग वार्ता गर्ने अपील समेत गरेको छ। सियाङ्ग क्षेत्रमा एसयूएमपी एक विवादास्पद मुद्दा बनेको छ। स्थानीय समुदायहरूका केही वर्गले परियोजनाको सम्भावित सामाजिक, वातावरणीय एवं आर्थिक प्रभावलाई लिएर परियोजनासँग सम्बन्धित गतिविधिहरूको विरोध गरिरहेका छन्।
-------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा