मुख्यमन्त्रीले हग्रामा नेतृत्वाधिन  बीटीसी सरकारलाई एक वर्ष पुरा भएकोमा बधाई दिए
असमः मुख्यमंत्री द्वारा सोशल मीडिया पर शेयर फाइल फोटो


गुवाहाटी, 05 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमा सोमवार हग्रामा महिलारीको नेतृत्वमा रहेको बोडोल्याण्ड टेरिटोरियल काउन्सिल (बीटीसी) काउन्सिल सरकारलाई कार्यकालको एक वर्ष पूरा भएकोमा बधाई दिए। केन्द्र, असम र बीटीसीमा एनडीए सरकारको संयुक्त प्रयासका कारण यस क्षेत्रको विकास तीव्र गतिमा भइरहेको उनले बताए।

सोशल मिडियाको एउटा पोस्टमा डा. हिमन्त विश्व सरमाले भने, दिल्ली, दिसपुर अनि कोक्राझारमा वर्तमान तीनै वटा सरकारहरूले बोडोल्याण्ड टेरिटोरियल क्षेत्र (बीटीआर)- मा द्रुत प्रगति सुनिश्चित गर्न मिलेर काम गरिरहेको छ। उनले भने, दिल्ली, दिसपुर एवं कोकराझारमा हाम्रो ट्रिपल इञ्जिन एनडीए सरकारले यो सुनिश्चित गरिरहेको छ कि यो क्षेत्र विकास र प्रगतिको बाटोमा द्रुत गतिमा अघि बढोस्र अनि प्हेरगति गरोस्।

मुख्यमन्त्रीले भने, यस क्षेत्रमा स्थायी शान्ति सुनिश्चित गर्नको लागि सरकारले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बोडो शान्ति सम्झौताका सबै सर्तहरूलाई कार्यान्वयन गरिरहेको छ। उनले बीटीआरमा राज्य सरकारका कल्याणकारी योजनाहरूलाई लागू गर्नेमाथि बल दिए जसमा अरुणोदय, मुख्यमन्त्री आत्मनिर्भर असम अभियान (सीएमएएए), मुख्यमन्त्री महिला उद्यमशीलता अभियान (एमएमयूए) एवं निःशुल्क राशन वितरण सामेल छन्।

मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले भने, असम सरकारले यस क्षेत्रमा सड़क पूर्वाधार विकासको लागि 1,000 करोड रुपियाँको विशेष प्याकेजला ईस्वीकृति दिएको छ। बीटीआरलाई म्यान्युफ्याक्चरिङ्ग र लजिस्टिक हबको रूपमा स्थापना गर्नको लागि कदम उठाइँदैछ।

बीटीआरमा कोकराझार, चिराङ्ग, बक्सा र उदलगुरी जिल्लाहरू समावेश छन्। सेप्टेम्बर, 2025- मा भएको परिषद्को चुनाउमा महिलारीको नेतृत्वमा रहेको बोडोल्याण्ड पिपुल्स फ्रन्ट (बीपीएफ)- ले 40 मध्ये 28 वटा सीट जितेको थियो भने भाजपाले पाँच वटा सीट जितेको थियो। त्यसपछि उनले अक्टोबर, 2025- मा बीटीसीको प्रमुख कार्यकारी सदस्यको रूपमा शपथ लिए।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande