डीटीसी बसहरूमा पिङ्क सहेली स्मार्ट कार्ड लागू, 19 लाखभन्दा बढी स्मार्ट कार्ड जारी
दिल्ली के स्वास्थ्य मंत्री डॉ पंकज कुमार सिंह  (फाइल फोटो)


नयाँ दिल्ली, 05 अक्टोबर (हि.स.)। दिल्ली सरकारले महिलाहरूलाई डीटीसी बसहरूमा निःशुल्क यात्राको लागि 'पिङ्क सहेली स्मार्ट कार्ड' व्यवस्था लागू गरेको छ जसान्तर्गत अहिलेसम्ममा 19 लाख 5 हजार 889 'पिङ्क सहेली स्मार्ट कार्ड' बनाइसकिएको छ। 'पिङ्क टिकट'-को व्यवस्थालाई गत 30 सेप्टेम्बरदेखि अगाड़ि बढ़ाइएको छैन।

सोमवार एक विज्ञप्ति जारी गर्दै परिवहन मन्त्री डा पङ्कज कुमार सिंहले भने, 'पिङ्क सहेली स्मार्ट कार्ड' बनाउने प्रक्रिया लगातार जारी रहनेछ ताकि प्रत्येक योग्य महिलाले यो स्मार्ट कार्ड प्राप्त गर्न सकोस्। उनले भने, राजधानी दिल्लीमा बस्ने कुनै पनि महिलाले 'पिङ्क सहेली स्मार्ट कार्ड' -को बारेमा डराउने वा चिन्ता गर्ने आवश्यकता छैन। महिलाहरूको सुविधाका लागि धेरै ठाउँमा विशेष शिविरहरू पनि आयोजना गरिँदैछन् साथै धेरै ठाउँमा विशेष सुविधा केन्द्रहरू पनि बनाइरहेको छ ताकि महिलाहरूले सजिलै आफ्नो कार्डहरू प्राप्त गर्न सकुन्।

मन्त्रीले बताए, महिलाहरूलाई 'पिङ्क सहेली स्मार्ट कार्ड' प्राप्त गर्न सहज बनाउन यातायात विभागले राजधानी दिल्लीको दक्षिण, उत्तर, पूर्व र पश्चिम क्षेत्रहरूलाई समेट्ने 38 वटा डीटीसी पिङ्क पास वितरण केन्द्रहरूको ठूलो नेटवर्क बनाएको छ। दक्षिण दिल्लीमा नेहरू प्लेस, सरोजिनी नगर, लाजपत नगर, हौज खास, साउथ क्याम्पस, जामिया, जेएनयू र महरौलीमा केन्द्रहरू अवस्थित छन्। उत्तरी दिल्लीमा बीबीएम डिपो, वजीरपुर, आजादपुर, रोहिणी सेक्टर-22, कञ्झावाला, नरेला, बवाना, नर्थ क्याम्पस, मङ्गोलपुरी एवं रोहिणी डिपोमा शिविरहरू उपलब्ध छन्।

मन्त्रीले बताए, पूर्वी दिल्लीका महिलाहरूले बुराडी डिपो, कश्मीरी गेट, नन्द नगरी, दिल्ली गेट, कारवाल नगर टर्मिनल, शाहदरा, सीमापुरी, एससी हाउस, झिल र हसनपुरमा अवस्थित केन्द्रहरूमा कार्ड बनाउन सक्नेछन्। पश्चिम दिल्लीमा उत्तम नगर, शादीपुर, दिचाउ कलाँ, पिरागढी, द्वारका सेक्टर-2, हरिनगर-1, पञ्जाबी बाग, सुल्तानपुरी, घुम्मनहेड़ा डिपो-1 अनि बिन्दापुर टर्मिनलमा शिविरहरू सञ्चालन भइरहेका छन्।

यी तोकिएका केन्द्रहरू बाहेक, महिलाहरूका लागि कार्डहरू बनाउने प्रक्रियालाई अझ सजिलो र पहुँचयोग्य बनाउन दिल्लीका धेरै क्षेत्रहरूमा विशेष शिविरहरू पनि आयोजना गरिँदैछन्।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande