मुख्यमन्त्रीले बोङ्गाई गाँउमा पाँच वटा जनकल्याणकारी योजनाहरूको उद्घाटन गरे
असमः बंगाईगांव में नव निर्मित एकीकृत जिला आयुक्त कार्यालय का उद्घाटन करते मुख्यमंत्री डॉ. हिमंत बिस्व सरमा


असमः नव निर्मित बंगाईगांव चिकित्सा महाविद्यालय और अस्पताल का दृश्य


बोङ्गाई गाउँ (असम), 05 अक्टोबर (हि.स.)। बोङ्गाई गाउँका बासिन्दाहरूको लागि आजको दिन स्मरणीय दिन बन्यो, किनभने आज दिनभरिका कार्यक्रमहरू लिएर असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमा बङ्र्गाई गाउँमा उपस्थित भए।

मुख्यमन्त्रीले सोमवार बोङ्गाई गाउँमा 711 करोड़ रुपियाँको लागतमा निर्मित नयाँ एकीकृत जिल्ला आयुक्तको कार्यालय, बोङ्गाई गाउँ मेडिकल कलेज आदि सहित पाँच वटा जनकल्याणकारी योजनाहरूको उद्घाटन गरे।

गुवाहाटीबाट हेलिकप्टर मार्फत बोङ्गाई गाउँ आइपुगेका डा. हिमन्त विश्व सरमाले सबैभन्दा पहिला बोङ्गाई गाउँ शहरको जेलकाझारमा नवनिर्मित एकीकृत बोङ्गाई गाउँ जिल्ला आयुक्त कार्यालयको उद्घाटन गरे। उनीसँगै असमका स्वास्थ्य मन्त्री अशोक सिङ्घल, राज्य आपदा व्यवस्थापन विभागका मन्त्री केशव महन्त, बोङ्गाई गाउँ जिल्लाका संरक्षक मन्त्री अश्विनी रोय सरकार, बारपेटाका सांसद फणी भूषण चौधरी, विधायक दीप्तिमयी चौधरी तथा विधायक भूपेन राई पनि उपस्थित थिए।

जिल्ला आयुक्त भवनको उद्घाटन गरेपछि मुख्यमन्त्री डा सरमाले लगभग 610 करोड़ रुपियाँको लागतमा निर्मित बोङ्गाई गाउँ मेडिकल कलेज एवं अस्पतालको औपचारिक उद्घाटन गरी जनताको सेवामा समर्पित गरे।

त्यसपछि मेडिकल कलेज परिसरमा आयोजित एक सार्वजनिक सभालाई सम्बोधन गर्दै उक्त सभास्थलबाटै मुख्यमन्त्री डा सरमाले भर्चुअली बोङ्गाई गाउँ विसर्जन घाटमा निर्मित महाराज नारनारायणको 17 फुट अग्लो मूर्तिको अनावरण गरे, तुलुङ्गामा पण्डित दीनदयाल उपाध्याय आदर्श महाविद्यालय, बिरझरा चिया एस्टेटमा आदर्श माध्यमिक विद्यालय, कसारी गाउँ खोरा गाउँमा आदर्श आवासीय विद्यालय तथा अभयपुरीस्थित सृजन ग्रामका रघुनाथ विग्रह मन्दिर सत्रको पनि शुत्र उद्घाटन गरे।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande