
कोकराझार (असम), 05 अक्टोबर (हि.स.)। बोडोल्याण्ड प्रादेशिक परिषद् (बीटीसी) सरकारको कार्यकालको एक वर्ष पुरा भएको अवसरमा आज बोडोफा नगरस्थित बीटीसी सचिवालय खेल मैदानमा दिनभरि नै विभिन्न कार्यक्रमहरू सहित भव्य वर्षपूर्ति समारोह आयोजना गरिरहेको छ।
वर्षपूर्ति समारोहको पहिलो कार्यक्रमको रूपमा, बीटीसी प्रमुख हाग्रामा महिलारीले बिहान डोतमाको थुलुङ्गापुरीस्थित बोडोफा उपेन्द्रनाथ ब्रह्माको समाधिमा पुष्पाञ्जली अर्पण गरे। त्पसपछि उनले कोकराझारको मोक्रापारा-दियाबारीस्थित बोडोल्याण्ड आन्दोलनका शहीद सुजित नर्जारीको समाधि स्थलमा पनि श्रद्धाञ्जली अर्पण गरे।
त्यसपछि महिलारी बोडोफा नगरमा पुगे जहाँ उनले शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्नका साथै राष्ट्रिय झण्डा फहराए। उनले बीटीसी . सचिवालय मैदान परिसरमा रहेको बोडोफा उपेन्द्रनाथ ब्रह्माको मूर्तिलाई पनि पुष्पाञ्जली एवं माल्यार्पण गरे।
दोतमाको थुलुङ्तुगापुरीस्थित बोडोफाको समाधानीमा श्रद्धाञ्जली अर्पण गरेपछि महिलारीले भने, बीटीसी गठन गर्नमा बोडोफा उपेन्द्रनाथ ब्रह्मले पुऱ्याएका योगदानसित सबै परिचित छन्। त्यसैले हाम्रो पहिलो जिम्मेवारी बोडोफालाई श्रद्धाञ्जली अर्पण गर्नु हो। उनले भने, बोडोफाको नीति र आदर्शलाई अगाड़ि बढाउनको लागि हाम्रो सरकार प्रयासरत् रहनेछ।
उनले भने, बितेको एक वर्षको अन्तरालमा बीटीसी क्षेत्रमा गरिएको विकास कार्य र आगामी दिनका योजनाहरूको बारेमा आज आयोजित सभाको माघ्यमबाट जनतालाई अवगत गराइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा