
नयाँ दिल्ली, 05 अक्टोबर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले सोमवार लोक नायक अस्पतालमा रहेको सखी वान स्टप सेन्टरको निरीक्षण गरी सुविधा, सेवा एवं गुनासो निवारण व्यवस्थाको समीक्षा गरिन्। सहयोगका लागि आउने हरेक पीडित महिलाको उजुरीमा तत्काल कारबाही गर्ने निर्देशन उनले अधिकारीहरूलाई दिइन्।
सोशल मिडिया एक्समा पोस्ट गर्दै मुख्यमन्त्रीले भनिन्, यहाँ हिंसाबाट पीड़ित महिला एवं बालिकाहरूलाई एकै छानोमुनि पुलिसले सहायता, चिकित्सा सुविधा, सामाजिक तथा कानुनी परामर्श एवं अस्थायी आश्रय उपलब्ध गराइरहेको छ। उनले भनिन्, सङ्कटको यस घड़ीमा दिल्लीकी हरेक छोरीको साथमा सरकार पूर्ण संवेदनशीलता तथा शक्तिको साथमा उभिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा