

नयाँ दिल्ली, 5 अक्टोबर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले सोमवार दिल्ली जल बोर्ड (डीजेबी) का 50,000 पेन्शन भोगी एवं पारिवारिक पेन्शन भोगीहरूका लागि क्यासलेस चिकित्सा सुविधाको शुभारम्भ गरिन्। यस पहलको शुरूआत सेवा सङ्कल्प अभियान अन्तर्गत केदारनाथ साहनी सभागारमा गरिएको थियो। उनले भनिन्, पहिलो उपचारको खर्च आफ्नै खल्तीबाट दिर्नुपर्ने हुन्थ्यो अनि भुक्तानीको लागि लामो प्रक्रिया भएर गुज्रिनु पर्ने हुन्थ्यो, अब हाम्रो सरकारको नयाँ क्याशलेस व्यवस्थाको कारणले उपचार गराउँदा न भुक्तानीको चिन्ता हुनेछ, न त कागज-पत्रहरूको लागि भौंतारिरहनु पर्नेछ।
मुख्यमन्त्रीले भनिन्, दिल्लीको सेवामा आफ्नो जीवनको महत्त्वपूर्ण वर्ष बिताउनेहरूले यस उमेरमा उपचार खर्चको चिन्ता गर्न नपरोस् भन्ने हाम्रो जिम्मेवारी हो। सूचीबद्ध अस्पतालहरूमा आपतकालीन, योजनाबद्ध एवं गैर-आपतकालीन उपचारसँगै चिकित्सा परीक्षणहरू अब क्याशलेस हुनेछन्।
यस अवसरमा दिल्ली जल बोर्डका उपाध्यक्ष सतीश उपाध्याय, मेयर परवेश वाही, दिल्ली सरकारका प्रमुख सचिव राजीव वर्मा, दिल्ली जल बोर्डका प्रमुख कार्यकारी अधिकारी डा. सज्जन सिंह यादव र अन्य वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए।
मन्त्री परवेश साहिब सिंहले भने, यस महत्त्वपूर्ण पहलको माध्यमबाट दिल्ली जल बोर्डका पेन्शनभोगीहरू र उनीहरूका परिवारहरूले उपचारका लागि नगदविहीन चिकित्सा सुविधा पाउनेछन् जसबाट उनीहरूलाई स्वास्थ्य सेवाहरूको फाइदा लिन अझ सुविधाजनक र सरल बनाउनेछ।
मेयरले भने, कर्मचारीहरूको स्वास्थ्य अनि कल्याणलाई प्राथमिकता दिने दिल्ली सरकारको यो पहल प्रशंसनीय छ। नगदविहीन अर्थात क्याशलेस स्वास्थ्य सेवाहरू उनीहरूलाई राम्रो र पहुँचयोग्य चिकित्सा सेवा प्रदान गर्ने दिशामा एक महत्त्वपूर्ण कदम हो।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा