
जलपाईगुडी, 05 अक्टोबर (हि.स.)। दुर्गा पूजापूर्व आगलागी जस्तो आपत स्थितिको सामना गर्ने तयारीहरूलाई लिएर दमकल विभागले सोमवार जलपाईगुडीका धेरै वटा निजी अस्पतालहरूको निरीक्षण गऱ्यो। अधिकारीहरूले अस्पतालमा रहेको अग्निशमन उपकरण एवं सुरक्षा व्यवस्थाको जायजा लिए।
निरीक्षणका क्रममा अस्पतालको कोरिडोर, आपतकालीन अवस्थामा बिरामी र सर्वसाधारणको सुरक्षित आवागमन अनि आगलागी भइहाले तत्काल उद्धार कार्यको लागि उपलब्ध व्यवस्थाहरूको जाँच गरियो। आपतकालीन अवस्थामा बिरामीहरूको सुरक्षित निकासीमा कुनै किसिमको बाधा छ कि छैन, त्यसको पनि अधिकारीहरूले जायजा लिए।
दमकल विभाग अनुसार पूजाअघि अस्पतालहरू मात्र नभएर सरकारी तथा निजी संस्था, होटल, रेस्टुरेन्ट एवं शपिङ्ग मलहरूमा पनि आगो निभाउने व्यवस्था छ-छैन, जाँच भइरहेको छ। निरीक्षण अवधि नियमहरू उल्लङ्घन गरेको वा अग्नि सुरक्षा व्यवस्थामा कमी पाइए आवश्यक कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा