
इम्फाल, 5 अक्टोबर (हि.स.)। मणिपुरमा प्रतिबन्धित सङ्गठन प्री-पाक (प्रो) मा युवाहरूलाई भर्ती गरेको तथा बम विस्फोटका घटनाहरूमा संलिप्तताको आरोपमा पुलिस एवं सुरक्षा बलले छुट्टा-छुट्टै अभियान सञ्चालन गरी सात जना कार्यकर्ताहरूलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा एकजना नाबालिक छन्।
मणिपुर पुलिस मुख्यालयद्वारा सोमवार जारी आधिकारिक जानकारी अनुसार विशेष सूचनाको आधारमा सीडीओ-इम्फल पश्चिमका टोलीहरूले गए आइतवार विभिन्न ठाउँहरूमा खोजी अभियान सञ्चालन गरे। यस अवधि प्री-पाक (प्रो) का ती कार्यकर्ताहरूलाई पक्राउ गरियो जसमाथि नयाँ सदस्यहरू भर्ती गरेको र अगस्त, 2026 मा कोन्थोजम विधानसभा निर्वाचन क्षेत्रका विधायकको निवासमा बम विस्फोटमा संलग्न रहेको आरोप लगाइएको छ।
पक्रा परेका अभियुक्तको पहिचान उशम राकेश सिंह उपनाम जेनरेश उपनाम थोउबा (19), युमनाम अथोइबी चानू (19), आरके दयापति देवी उपनाम पिङ्की उपनाम किचेनबी (19), अहोङ्शाङ्गबम जेट मैतेई उपनाम ज्याक (23), नाओरेम लान्थोइबा सिंह उपनाम साना उपनाम थोइचानबा (19) र आयेकपम स्टीफन मैतेई उपनाम एलेक्स उपनाम चेकचेपता (19) को रूपमा भएको छ। कारबाहीको क्रममा कानुनसँग सङ्घर्षरत् एकजना बालक (सीसीएल) लाई पनि पक्राउ गरिएको छ।
पुलिस अनुसार युमनाम अथोइबी चानू र आरके दयापति देवी गत 28 अगस्त, 2026 मा कोन्थौजम विधायकको निवासमा भएको बम विस्फोटमा कथित रूपमा सामेल थिए। पुलिसले अपरेशनको क्रममा पहेंलो रङ्गको एउटा होण्डा एक्टिभा 6 जी स्कुटरलाई पनि जफत गऱ्यो जसको पञ्जीकरण नम्बर रहेको छ- एमएन-01एजे-4957। एकजना नाबालिकलाई प्रतिबन्धित सङ्गठनमा भर्ती हुनदेखि पनि बचाइयो।
पक्रा पर्ने आरोपीहरू र जफत गरिएका सामग्रीहरूलाई अग्रिम कानूुनी कारबाहीको लागि लेम्फेल पुलिसलाई सुम्पिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा