'यो भगवानको आशीर्वाद र असमिया जनताको सामूहिक प्रार्थनाको शक्ति हो'-  गरिमा सैकिया गर्ग
File photo: Zubeen Garg फाइल फोटो: जुबीन गर्ग


गुवाहाटी, 05 अक्टोबर (हि.स.)। गायक जुबिन गर्गको मृत्यु प्रकरणका मुख्य अभियुक्त श्यामकानु महन्तलाई सर्वोच्च अदालतले जमानत दिन अस्वीकार गरेपछि जुबिनकी पत्नी गरिमा सैकिया गर्गले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएकी छिन्। उनले भनिन्, यो भगवानको आशीर्वाद र असमिया जनताको सामूहिक प्रार्थनाको शक्तिको परिणाम हो। सत्यको सदैव जीत हुन्छ।

गरिमाले आफ्नो पोस्टमा लेखेकी छन्, यो भगवानको आशीर्वाद र असमिया जनताको संयुक्त प्रार्थनाको शक्ति हो। सत्यको सदैव जीत हुन्छ।

उनले भनिन, आज हाम्रो देशको न्यायिक प्रणालीमाथि हाम्रो विश्वास अझ बलियो भएको छ।

सर्वोच्च अदालतले श्यामकानु महन्तको जमानत याचिकालाई अस्वीकार गर्दै आगामी नोभेम्बर महिनको पहिलो हप्तामा अघिल्लो सुनवाई गर्ने कुरा गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande