बोनसको मागमा चिया श्रमिकहरूको प्रदर्शन
नक्सलबाड़ी चाय बागान में आंदोलन करते श्रमिक


सिलगढ़ी, 05 अक्टोबर (हि.स.)। बोनसको माग गर्दै नक्सलबाड़ी चिया बगानका श्रमिकहरूको आन्दोलन सोमवारदेखि शुरु भएको छ। श्रमिकहरूले बगान परिसरमा नाराबाजी गर्दै बाँकी बोनस भुक्तान गर्ने माग गरे।

श्रमिकहरूले आरोप लगाए, गत वर्षको तीन प्रतिशत बोनसको अझै बाँकी छ। यस वर्ष 20 प्रतिशत बोनस दिने माग गरिएको भए पनि प्रबन्धनको पक्षबाट अहिलेसम्म कुनै स्पष्ट निर्णय लिइएको छैन। । श्रमिकहरूको भनाइ छ, मुख्यमन्त्रीले 5 अक्टोबरसम्ममा चिया बगानहरूमा बोनस भुक्तानी गर्ने निर्देश दिएका भए पनि अहिलेसम्म नक्सलबाड़ी चिया बगानको समस्या समाधान भएको छैन।

गत वर्षको 3 प्रतिशत बाँकी र यस वर्षको 20 प्रतिशत बोनस नपाएसम्म आन्दोलन जारी रहने मजदुरहरूले चेताउनी दिएका छन्। मजदुरहरू अनुसार बगानमा जैविक रूपमा चिया उत्पादन गरिन्छ, उनीहरू वर्षभरि नै मिहेनत गर्छन्, तर बोनसको बेलामा जहिल्यै पनि समस्याको सामना गर्नुपर्छ।

अर्कोतिर बगानका प्रबन्धक प्याट्रिक तामाङले बताए, मालिक पक्षलाई घटनाको जानकारी गराइएको छ। हाल 10 प्रतिशत बोनस दिनको लागि बातचित भइरहेको छ। उनले बगानको आर्थिक अवस्था नै यो समस्याको कारण रहेको बताए। तथापि मजदुरहरू आफ्नो मागमा अडिग छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande