
कोलकाता, 05 अक्टोबर (हि.स.)। बिरामीहरूको स्वास्थ्य र उपचारसँग सम्बन्धित रिपोर्टको गोपनीयता भङ्ग गरेको मामिलाले पश्चिम बङ्गालको राजनीतिक गल्लीहरूमा नयाँ कानुनी विवाद उत्पन्न गरेको छ। पश्चिम बङ्गालकी पूर्वमुख्यमन्त्री ममता ब्यानर्जीको पाँच वर्ष पुरानो मेडिकल रिपोर्ट सार्वजनिक गरिएपछि कानुनी स्तरमा प्रश्न उठ्न थालेको छ।
कुनै बिरामीको सहमतिबिना बिरामीको गोप्य मेडिकल दस्तावेज सार्वजनिक गर्नुको औचित्यमाथि प्रश्न उठाउँदै ममता ब्यानर्जीका वकिल अर्क नागले एसएसकेएम अस्पतालका निर्देशक, मेडिकल सुप्रिटेन्डेण्ट र सम्बन्धित विभागका प्रमुखलाई कानुनी नोटिस पठाएका छन्। नोटिसमा सोधिएको छ, कुन नियम र अधिकार अन्तर्गत यो गोप्य मेडिकल रिपोर्टलाई बाहिर निकालियो अनि सार्वजनिक गरियो?
यो सम्पूर्ण मामिला वर्ष 2021 को विधानसभा चुनाउ अवधि नन्दीग्राममा भएको घटनासँग सम्बन्धित छ। त्यसबेला नन्दीग्राम सीटबाट प्रत्याशी रहेकी तत्कालीन मुख्यमन्त्री ममता ब्यानर्जी बिरुलिया बजारको छेउमा प्रचार गर्ने क्रममा घाइते भएकी थिइन्। उनको खुट्टामा गम्भीर चोट लागेको थियो, त्यसपछि उनले चुनाउभरि व्हीलचेयरमा बसेर प्रचार गरेकी थिइन्। त्यसबेला विपक्षीले यस विषयमा तीखो राजनीतिक टिप्पणी गरेको गर्नको साथै यसमाथि पनि प्रश्न उठाएको थियो, उनको खुट्टा वास्तवमा भाँचिएको थियो कि थिएन?
हालैमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले नवान्नामा पत्रकार सम्मेलन आयोजना गरी पूर्व मुख्यमन्त्रीमाथि झुटो दाबी गरेको आरोप लगाएका थिए। उनले पाँच वर्ष पुरानो मेडिकल रिपोर्ट देखाउँदै दाबी गरेका थिए, उनको खुट्टामा कुनै फ्र्याक्चर भएको छैन। यस घटनापछि बिरामीको निजताको अधिकार एवं मेडिकल काउन्सिलको नियमलाई उल्लङ्घन गरेकोमा विवाद गहिरिएको छ।
ममताका वकिलले अस्पताल प्रशासनलाई पठाएका सूचनामा यस कुराको कड़ा जवाफ मागेका छन् कि अस्पतालको गोप्य रेकर्डबाट कसरी र कसको अनुमति लिएर यी कागज-पत्रहरूलाई बाहिर निकालियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा