तस्करीको १२ करोड़भन्दा बढ़ीको सुन जफत, चार जना पक्राउ
तस्करीको १२ करोड़भन्दा बढ़ीको सुन जफत, चार जना पक्राउ


सिलगढ़ी, 0६ अक्टोबर (हि.स.)। राजस्व गुप्तचर निदेशालय (डीआरआई) को सिलगढ़ी क्षेत्रीय एकाइले सुन तस्करी विरुद्ध ठूलो कारबाही गर्दै १२ करोड़ ३६ लाख रुपियाँभन्दा बढ़ी मूल्यको सुन जफत गरेको छ। सोमवार राति कूचबिहारको न्यु टाउन क्षेत्रमा सञ्चालन गरिएको अभियानका क्रममा ८ किलो ३५२ ग्राम तौलका ७२ वटा सुनका बिस्कुट जफत गरिएको हो। यस मामिलामा दिनहाटाका निवासी रसिदुल शेख, मनोवर रहमान, माबिदुल सेक र मिजनुर रहमानलाई पक्राउ गरिएको छ।

डीआरआईका अधिवक्ता रतन बानिकले मंगलवार जानकारी दिए अनुसार, उक्त सुन बांग्लादेशबाट भारत–बांग्लादेश सीमा मार्फत भारत ल्याइएको थियो र सिलगढ़ी हुँदै लैजाने तयारी गरिएको थियो। आरोपीहरूदेखि दुई वटा मोटरसाइकल पनि जफत गरिएको छ।

चारै जनालाई भन्सार एक्टको धारा १०४ अन्तर्गत पक्राउ गरी सिलगढ़ी अदालतमा पेश गरियो। अदालतले जमानत याचिका अस्वीकार गर्दै आरोपीहरूलाई सात दिनको न्यायिक हिरासतमा पठाएको छ।

डीआरआईले अब सुन तस्करीसँग जोड़िएको सम्पूर्ण सञ्जालबारे अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande