राष्ट्रिय राजमार्ग 10 मा यात्रा गर्न प्रशासनबाट निर्दिष्ट निर्देश जारी
राष्ट्रिय राजमार्ग 10 मा यात्रा गर्न प्रशासनबाट निर्दिष्ट निर्देश जारी


कालेबुङ, 06 अक्टोबर (हि.स.)। राष्ट्रिय राजमार्ग 10 मा भोलि बुधवारदेखि यात्रा गर्नअघि थुप्रै कुराहरुको ध्यान राख्नु पर्ने प्रशासनबाट जानकारी प्राप्त भएको छ। जिल्ला प्रशासन अनि एनएचआईडीसीएलले गाडीहरुको चलाचलमाथि बेलुकी 9 बजीदेखि बिहान 6 बजीसम्म रोक लगाएको छ।

पहिलो चरणमा 7 अक्टोबरदेखि 15 अक्टोबरसम्म अनि दोस्रो चरणमा 26 अक्टोबरदेखि 5 नोभेम्बरसम्म उक्त रोक लगाइने निर्देश सम्बन्धित निकायहरुले दिएको छ। उक्त समयावधि कुन वैकल्पिक मार्ग भएर अनि कस्ता वाहनहरु चलाचल गर्न सक्नेछ त्यसबारे पनि प्रशासनले निर्दिष्ट निर्देशन जारी गरेको छ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande