सिक्किम साहसिक पर्यटन उत्सव 2026 लिङ्खिमटारमा 1 देखि 7 नोभेम्बरसम्म आयोजना हुने
मन्त्री छिरिङ टी भोटिया


गान्तोक, 06 अक्टोबर (हि.स.)। पर्यटन तथा नागरिक उड्डयन एवं वाणिज्य तथा उद्योग विभागका मन्त्री छिरिङ टी भोटियाले मङ्गलवार आगामी सिक्किम साहसिक पर्यटन उत्सव 2026 बारे जानकारी गराएका छन्। यो महोत्सव 1 देखि 7 नोभेम्बरसम्म नाम्ची जिल्लाको लिङ्खिमटारमा आयोजना हुने तय गरिएको अवगत गराए।

मन्त्रीले यस महोत्सवलाई सिक्किमको प्राकृतिक सौन्दर्य, समृद्ध सांस्कृतिक सम्पदा र विविध पर्यटकीय अनुभवहरू प्रदर्शन गर्दै राज्यलाई साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने पहलका रूपमा प्रकाश पारे। उनले यस महोत्सवले स्थानीय बासिन्दा, देशभरिका अतिथि र अन्तरराष्ट्रिय पर्यटकहरूलाई एकै ठाउँमा ल्याउने तथा उनीहरूलाई सिक्किमको अक्षुण्ण प्राकृतिक दृश्य, सांस्कृतिक विविधता र साहसिक पर्यटनका गतिविधिहरूको अनुभव प्रदान गर्ने अपेक्षा गरिएको बताए।

उनले भारत र विदेशका पर्यटक तथा आगन्तुकहरूलाई महोत्सवमा सहभागी हुन र राज्यको प्रकृति, संस्कृति तथा साहसिक गतिविधिका अद्वितीय सङ्गमको अनुभव लिन हार्दिक निमन्त्रणा दिए। मन्त्री भोटियाले स्थानीय बासिन्दा र अतिथिहरूलाई महोत्सवमा सक्रिय रूपमा सहभागी हुन तथा राज्यका विशिष्ट प्राकृतिक र सांस्कृतिक आकर्षणहरू पत्ता लगाउँदै सिक्किममा आफ्नो बसाइको भरपूर आनन्द लिन आह्वान गरे।

सिक्किम साहसिक पर्यटन उत्सव 2026 को आधिकारिक पोर्टल अब उपलब्ध छ र इच्छुक सहभागीहरूका लागि पञ्जीकरण खुल्ला गरिएको छ। पोर्टलमा सहज पहुँच, दर्ता र अन्य जानकारीका लागि क्यूआर कोडको पनि व्यवस्था गरिएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande