लरीको चपेटामा परी छैटौँ कक्षाका विद्यार्थीको मृत्यु, क्षेत्रमा तनाउ
लरीको चपेटामा परी छैटौँ कक्षाका विद्यार्थीको मृत्यु, क्षेत्रमा तनाउ


कोलकाता, 13 नोभेम्बर (हि.स.)। महानगरको माझेरहाट क्षेत्रमा शुक्रवार दिउँसो सिमेन्ट लादिएको एउटा लरीको चपेटमा परी एकजना छैटौँ कक्षाका छात्रको मृत्यु भयो। घटनापछि क्षेत्रमा तनाउ फैलियो। आक्रोशित मानिसहरूले दुर्घटनाग्रस्त लरीमा तोड़फोड़ गरे। सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रण गऱ्यो।

पुलिस सूत्र अनुसार मृत छात्रको पहिचान अनमोल झाको रूपमा भएको छ जो ट्यूशन पढ़ेर घर फर्किरहेका थिए। यसैबीच तारतला पुलिस थाना क्षेत्रको हेलेन केलर रोडमा सिमेन्टले भरिएको लरीले उनलाई ठक्कर दियो। ठक्करपछि विद्यार्थीको घटनास्थलमै मृत्यु भयो।

घटनापछि स्थानीय मानिसहरूमा आक्रोश फैलियो अनि घटनास्थलमा तनाउपूर्ण स्थिति उत्पन्न भयो। मानिसहरूले लरीमा तोड़फोड़ गरे। पुलिसले शवलाई उद्धार गरी अस्पतालमा पठाइदिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande