राज्यपाल गौतमले राष्ट्रिय प्रेस दिवसमा पत्रकारहरूलाई शुभकामना दिए
Dushyant Kumar Gautam


गान्तोक, 15 नोभेम्बर (हि.स.)। राज्यपाल दुष्यन्त गौतमले राष्ट्रिय प्रेस दिवसको अवसरमा राज्यका सबै प्रेस तथा मिडियासित जोड़िएका पत्रकारहरूलाई बधाई एवं शुभकामना प्रेषित गरेका छन्।

आफ्नो शुभकामना सन्देशमा राज्यपालले भारतीय लोकतन्त्रमा एक स्वतन्त्र, निष्पक्ष र जिम्मेवार प्रेसको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए। राज्यपालले सिक्किमको मिडिया जगतले आफ्नो समृद्ध परम्परा कायम राख्दै राज्यको शान्ति, सामाजिक सद्भाव, विकास र राष्ट्र निर्माणको यात्रामा सदैव एक सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

अन्तमा राज्यपालले मिडियासित जोड़िएका सबै सदस्यको उत्तम स्वास्थ्य र उज्ज्वल भविष्यको मङ्गलकामना गरे।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande