महानदीमा नृत्य तथा गायन प्रतियोगिता सम्पन्न
घुम्ती चियाबारीमा सांस्कृतिक कार्यक्रम नृत्य अनि गायन प्रतियोगिता सम्पन्न


खरसाङ, १५ नोभेम्बर (हि.स.)। महानदीको घुम्ती कमानस्थित आदर्श श्रमिक कल्याण भवनको तत्वावधानमा सांस्कृतिक कार्यक्रमअन्तर्गत नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भयो।

समाजसेवी सूर्यनारायण प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिलगढी श्रम कार्यालयकी निरीक्षक अञ्जु बम्जन मुख्य अतिथिका रूपमा उपस्थित थिइन्।

प्रतियोगितामा सिविटार, घुम्ती, पोख्रेबुङ तथा गिङ क्षेत्रका प्रतियोगीहरूले नृत्य र गायनमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande