उदलबाड़ी ग्राम पञ्चायतमा भाजपाको कब्जा
उदलाबाड़ी ग्राम पंचायत कार्यालय की तस्वीर


जलपाइगढी, 13 नोभेम्बर (हि.स.)। जिल्लाको माल ब्लक अन्तर्गत उदलबाड़ी ग्राम पञ्चायतमा भाजपाले कब्जा गरेको छ। भाजपाले तृणमूल कङ्ग्रेसलाई हटाएर पञ्चायत बोर्ड गठन गरेको छ।

जानकारी अनुसार, वर्ष 2023 को पञ्चायत चुनाउमा 30 वटा सीट भएको उदलबाड़ी ग्राम पञ्चायतमा तृणमूल कङ्ग्रेसलाई 15 वटा तथा भाजपाले 12 वटा सीट जितेको थियो। बाँकी सीटहरू स्वतन्त्र अनि कङ्ग्रेस उम्मेद्वारहरूले जितेका थिए। शुरुमा स्वतन्त्र सदस्यहरूको समर्थनमा तृणमूलले पञ्चायत बोर्ड गठन गरेको थियो। तथापि पछि राजनीतिक दलबदलको कारणले पञ्चायतको समीकरण परिवर्तन भयो। अन्ततः शुक्रवार बहुमतको आधारमा भाजपाले पञ्चायतको बागडोर आफ्नो हातमा लियो।

बोर्ड गठनको लागि भएको मतदान प्रक्रियामा भाजपाका 12 जना सहित 20 जना सदस्यहरू उपस्थित थिए। उनीहरूको समर्थनमा मेरी उराँवलाई पञ्चायतको नयाँ प्रधान अनि दीपङ्कर सरकारलाई उप-प्रधान चयन गरियो।

प्रधानमा निर्वाचित भएपछि मेरी उरावँले भनिन्, पार्टी तथा राजनीतिभन्दा माथि उक्लेर ग्रामीण क्षेत्रको समग्र विकास गर्नु अनि नागरिक सेवाहरूलाई सुचारू बनाउनु उनको प्राथमिकता हुनेछ।

स्थानीय विधायक शुक्रा मुण्डाले नयाँ प्रधान र उपप्रधानलाई सम्मान गर्दै नयाँ जिम्मेवारी पाएपछि यस क्षेत्रमा लामो समयदेखि रोकिएका विकास कार्यहरू छिटो हुने आशा व्यक्त गरे।

भाजपाका जलपाइगढी जिल्ला सचिव राकेश नन्दीले पनि विकासलाई प्राथमिकता दिएको बताए।

उल्लेखनीय छ, उदलबाड़ी ग्राम पञ्चायतमा लामो समयदेखि प्रधान र उपप्रधानको पद खाली भएकोले सड़क मर्मत, फोहोर हटाउने, खानेपानी आपूर्ति तथा आवासीय प्रमाणपत्र जारी गर्ने जस्ता नागरिक सेवाहरू प्रभावित भइरहेका छन्। अब नयाँ बोर्ड गठन भएपछि स्थानीयहरूले यी सेवाहरू फेरि सामान्य हुने अपेक्षा गरेका छन्। बोर्ड गठनको क्रममा कुनै पनि गड़बड़ी हुन नदिन मालबजार पुलिस चौकी र केन्द्रिय फौजले कडा सुरक्षा व्यवस्था गरेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande